Skip to content
Shikhar Insurance
National Life

नेपाल इन्भेष्टमेण्ट बैंकले पनि ल्यायो डलर प्रिपेड कार्ड, ३५ दिनसम्म ३५ प्रतिशत छुट पनि

Hyundai
NCELL
NIMB

नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड (एनआईबीएल)ले ‘एनआईबीएल भी–प्रिपेड इन्टरनेशनल कार्ड’ शुरू गरेको छ । भर्चुअल कार्ड मार्फत ग्राहकहरूले अमेरिकी डलरको एनपीआरमा परिवर्तन गर्न सक्दछन् र झन्झट मुक्त ५०० अमेरिकी डलर प्रति वर्ष को सारा बिश्वभर ई–कमर्स भुक्तान गर्न सक्दछन् । बैंकले ग्राहकहरूको लागि ३५ दिन ३५ प्रतिशत छुटको प्रस्ताव पनि ल्याएको छ ।

बैंकले ८६ शाखा, १३० एटीएमहरू, २० एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र ५९ शाखारहित बैंकिङ काउन्टरहरूबाट आफ्ना ग्राहकहरूलाई सेवा पुर्याइरहेको छ । पाँच पटकसम्म फाइनान्सियल टाइम्सबाट ‘बैंक अफ द ईयर’ अवार्ड पाइसकेको यस बैंक अन्तर्राष्ट्रिय प्रकाशन– युरोनोमीबाट अनुकरणीय सेवा र व्यवसायका लागि ‘बेस्ट बैंक २०१८’ युरोनोमी अवार्डबाट समेत पुरस्कृत भइसकेको छ । यसबाहेक, इक्रा नेपाल (अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी–नेपाल) ले बैंकलाई ‘ए’ वर्गको क्रेडिट रेटिङ दिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्