Shikhar Insurance
National Life

आज राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बोलकबोल गर्ने, ब्याज ६/६ महिनामा

सिंहदरबार संवाददाता
२०८० श्रावण १८, बिहीबार १२:०६
Hyundai
NCELL
NIMB

काठमाडौं। बिहीबार नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्दै छ । केन्द्रीय बैंकले सार्वजनिक बोलकबोलमार्फत ६ वर्षे विकास ऋणपत्र २०८६ ‘छ’ जारी गर्ने भएको हो ।

इच्छुक बैंक तथा वित्तीय संस्था, बिमा कम्पनी, गैरबैंक वित्तीय संस्था, संगठित संस्था तथा नेपाली नागरिकले बिहीबार दिउँसो ३ बजेसम्म आवेदन दिन सक्नेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साउन १९ गते शुक्रबार विकास ऋणपत्र  जारी हुनेछ । प्रतिस्पर्धी र अप्रतिस्पर्धी दुवै प्रणालीबाट बिक्री हुने विकास ऋणपत्रको कुल रकममध्ये ८५ प्रतिशत अर्थात् ८.५ अर्ब रुपैयाँ प्रतिस्पर्धा र १५ प्रतिशत (१.५ अर्ब रुपैयाँ) बिनाप्रतिस्पर्धा बिक्री गरिने बैंकले जनाएको छ ।

विकास ऋणपत्रको ब्याज भने अर्धवार्षिक अर्थात् ६/६ महिनामा प्रदान गरिने बैंकले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्