Skip to content
Shikhar Insurance
National Life

ट्राफिक कार्यालय सिरहाको राजस्व २० प्रतिशतले वृद्धि

Hyundai
NCELL
NIMB

सिरहा । आर्थिक वर्ष २०७९/८० मा सिरहाको जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानले २० प्रतिशत बढी राजस्व संकलन गरेको छ ।

ट्राफिक कार्यलय प्रमुख मीनबहादुर बस्नेतले दिनुभएको जानकारीअनुसार गत आर्थिक वर्षमा कूल राजस्व संकलन ३ करोड ८४ लाख पाँच सय रूपैयाँ रहेको छ भने आर्थिक अघिल्लो वर्षमा ३ करोड १७ लाख ६२ हजार पाँच सय रूपैयाँ मात्र रहेको थियो । यो रकम अघिल्लो आवको तुलनामा ६६ लाख ३८ हजार रूपैयाँले बढी हो ।

पूर्वपश्चिम महेन्द्र राजमार्ग तथा अन्य सहायक मार्गमा ट्राफिक जाँच बढाएकाले ट्राफिक नियमको उल्लंघन गर्ने सवारी साधनमाथि कारबाही गरी अघिल्लो वर्षको सोही अवधिको तुलनामा बढी राजस्व संकलन भएको बस्नेतले बताए । उनका अनुसार ट्राफिक प्रहरीले लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ ।

“अघिल्लो वर्षको तुलनामा गत वर्ष हामीले सवारी साधनको नियमित जाँच, कारबाही र अनुगमन बढाइएकाले यो राजस्व सङ्कलन गर्न सफल भएका हौँ”, बस्नेतले भने, “आगामी दिनमा पनि ट्राफिक व्यवस्थापनमा विशेष ध्यान दिइनेछ । हामीले ट्राफिक सचेतनाका कार्यक्रम गत वर्षमा बढी नै गरेकाले सवारी दुर्घटनामा पनि कमि आउने अपेक्षा गरेका छौँ ।”

ट्राफिक कार्यालयका अनुसार गत आवमा ट्राफिक नियम उल्लंघन गरी चलाउने ५९ हजार चार सय ३५ सवारी साधनमाथि कारबाही गरिएको छ । त्यसैगरी ६ सय ७८ सवारी दुर्घटनामा ६६ जनाले ज्यान गुमाएका छन् । त्यस्तै सवारी दुर्घटना न्यूनीकरणको लागि ट्राफिक जनचेतनाका कूल पाँच सय २७ कार्यक्रम गरिएका छन्  जुन अघिल्लो आवको तुलनामा दुई सय प्रतिशतभन्दा बढी रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्