काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको वृद्धि देखिएको छ । आज परिसूचक ९.२५ अङ्कले बढेर २,०८६.८४ अङ्कमा कायम भएको हो ।
नेप्सेका अनुसार आज २६९ कम्पनीको ९३ लाख ६१ हजार सात सय ८६ कित्ता सेयर ३५ हजार ८ सय ३५ पटक खरिदबिक्री हुँदा एक अर्ब ८१ करोड २४ लाख ७३ हजार आठ सय ५६ बराबरको कारोबार भएको छ । जलविद्युत् समूह ५.६८, लघुवित्त ११.०७ र व्यापार समूह १.७८ अङ्कले घटेको छ भने बाँकी सबै समूहको उपसूचक बढेको छ ।
सबैभन्दा धेरै होटल तथा पर्यटन समूह ७८.०८ र निर्जीवन बीमा समूह ६५.४४ अङ्कले बढेको छ । आज बैंकिङ समूह १०.५१, विकास बैंक ३९.३३, वित्त ३०.६२ र लगानी समूह शून्य दशमलव ०१ अङ्कले बढेको छ ।
त्यस्तै, जीवन बीमा ४२.८१, उत्पादन तथा प्रशोधन १७.८४, म्युचुअल फन्ड शून्य दशमलव ०१ र अन्य समूह ४.६६ अङ्कले बढेको छ । आरबीबी म्युचुअल फन्ड–१ को सेयर मूल्य सबैभन्दा धेरै ४.१४ प्रतिशतले बढेको हो ।
सबैभन्दा धेरै गुमाउनेमा भने प्रभु स्मार्ट फन्डको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । आज सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको ११ करोड १९ तीन लाख पाँच सय १९ बराबरको सेयर मूल्य किनबेच भएको छ । कारोबार भएका सेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै सानिमा इक्विटी फन्डको १८ लाख १८ हजार नौ सय नौ कित्ता सेयर किनबेच भएको छ ।
प्रतिक्रिया दिनुहोस्