Shikhar Insurance
National Life

कुमारी बैंकद्वारा क्रेडिट कार्डमार्फत इलेक्ट्रिक स्कुटरहरु किन्न कर्जा सुविधा

सिंहदरबार संवाददाता
२०८० श्रावण १७, बुधबार १४:५३
Hyundai
NCELL
NIMB

काठमाडौं । ग्रन्थ इलेक्ट्रिक भेहिकल प्रालि (एफ डि मोर्टर्स) र कुमारी बैंकबीच व्यावसायिक सम्झौता भएको छ । दुई कम्पनीबीच एफडी मोर्टर्स ब्राण्डका इलेक्ट्रिक स्कुटरहरु किन्न चाहने ग्राहकहरुलाई सरल र सहज रुपमा क्रेडिट कार्डमार्फत कर्जा सुबिधा उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको हो ।

जसअन्तर्गत कुनै पनि ग्राहकहरुले कुमारी बैंक वा एफ डी मोर्टर्सका सोरुमहरुमा गई आवश्यक पर्ने कागजात दिएर १२ महिनादेखि १८ महिनासम्मको किस्ता तिरेर इलेक्ट्रिक स्कुटरहरु खरिद गर्न सक्नेछन् । यदि कुनै पनि ग्राहकले कर्जाको भुक्तानी अग्रिम रुपमा गर्न चाहेमा बिना शुल्क भुक्तानी गर्न सक्ने पनि जनाइएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

एफ डी मोर्टर्सले हाल दुई मोडेलका इलेक्ट्रिक स्कुटर बिक्री गर्दै आएको छ । जसमा एफ फाइबको मूल्य  २ लाख ६१ हजार ९ सय ९९ रूपैयाँ र एफ फाइब एको मूल्य  २ लाख ९७ हजार ९ सय ९९ रूपैयाँ रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्