काठमाडाैं। नेपाली बजारमा बुधबार सुनकाे मूल्य प्रतितोला ६ सय रूपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा सुन प्रतितोला १ लाख १२ हजार ४ सय रूपैयाँमा कारोबार भएको छ।
मंगलबार सुन प्रतितोला १ लाख १३ हजार रूपैयाँमा कारोबार भएको थियो। बुधबार चाँदीको मूल्य पनि प्रतितोला १५ रूपैयाँले घटेको छ। आज चाँदी १ हजार ४ सय ६० रूपैयाँमा कारोबार भएको छ।
मंगलबार चाँदी प्रतितोला १ हजार ४ सय ७५ रूपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १९ सय ४८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
प्रतिक्रिया दिनुहोस्