काठमाडौं । प्राइम कमर्सियल बैंकको कायममुकायम प्रमुख कार्यकारी अधिकृत (सीईओ) को पद सञ्जीव मानन्धरले पाएका छन्। बुधबार बिहान बसेको बैंकको सञ्चालक समितिको बैंठकले महाप्रवन्धक पदमा रहेका मानन्धरलाई अर्काे व्यवस्था नभएसम्मका लागि प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्ति गरेको हो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धरको हिजाे मंगलबार (साउन १६ गते) कार्यकाल समाप्त भएपछि कायममुकायम सीईओमा मानन्धर नियुक्ति भएका हुन् । बैंकको स्थापनादेखि नै सीईओको भूमिकामा रहेका नारायणदास मानन्धर बैंकमा १६ वर्ष अर्थात् चौथो कार्यकाल पूरा गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्