Shikhar Insurance
National Life

ज्योति विकास बैंकको सेयर रजिष्ट्रारमा पुनः एनआइएमबी एस क्यापिटल

सिंहदरबार संवाददाता
२०८० श्रावण १६, मंगलवार १८:१५
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपालको अग्रणी मर्चेन्ट बैंक एनआइएमबी एस क्यापिटल लिमिटेडले ज्योति विकास बैंकसँग आफ्नो सेयर रजिष्ट्रार कम्पनीको साझेदारी नवीकरण गर्ने भएको छ । उक्त सम्झौतामा एनआईएमबी एस क्यापिटल लिमिटेडका तर्फबाट नायब महाप्रबन्धक सचिन्द्र ढुंगाना र ज्योति विकास बैंकका तर्फबाट वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत कपिल
ढकालले हस्ताक्षर गरेका छन् ।

यो नवीकरणले सेयरधनीहरूलाई प्रभावकारी र विश्वासिलो सेयर रजिष्ट्रार सेवा प्रदान गर्नेछ, साथैएनआइएमबि एस क्यापिटल र ज्योति विकास बैंकको साझा प्रतिवद्धतालाई निरन्तरता एवम्सार्थकता प्रदान गर्नेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यी दुवै संस्थाहरूले विगत थुप्रै वर्षहरुदेखि सेयरधनी व्यवस्थापन प्रक्रियालाई सुव्यवस्थित गर्न, पारदर्शिता बढाउन र सरोकारवालाहरूसँग निर्बाध सञ्चार सुनिश्चित गर्न सँगै काम गरिरहेका  छन्।

यो नवीकरणले एक–अर्काको सेवा प्रदान गर्ने क्षमतामा पारस्परिक विश्वास देखाउनुको साथै एनआइएमबी एस क्यापिटलद्वारा प्रदान गरिएका सेवाहरूको असाधारण गुणस्तरलाई पनि पुष्टि गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्