Skip to content
Shikhar Insurance
National Life

अब ‘आइएमई पे’मा कनेक्ट आइपीएसमार्फत बैंक लिंक गरी कारोबार गर्न सकिने

Hyundai
NCELL
NIMB

काठमाडौं । ‘आइएमई पे’ ले आफ्नो एपमा कनेक्ट आइपीएस मार्फत बैंक खाता लिंक गरी भुक्तानी गर्ने सुविधाको सुरुवात गरेको छ।

विद्युतीय भुक्तानीलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको यस सेवा मार्फत ग्राहकहरूले ‘आइएमई पे’ मा आफ्नो बैंक खाता एकदमै सुरक्षित तवरले लिंक गरी राख्न सकिने कम्पनीले जनाएकाे छ । यसका लागि ग्राहकहरूले ‘आइएमई पे’ मा रहेको लिंक भाया कनेक्ट आइपीएस छनौट गरी आफ्नो बैंक खाता लिंक गर्नुपर्ने छ । यसरी लिंक भई सकेपछि एपमा पैसा लोड गर्न तथा खाताबाट सोझै भुक्तानी सहज रूपमा गर्न सकिनेछ ।

‘‘आइएमई पेले ग्राहकहरूको सुविधाको लागि सुरक्षित तथा नव प्रवर्द्धित सेवाहरूको माध्यमबाट क्यास-लेस सोसाइटी निर्माणमा थप प्रोत्साहन गर्नमा अग्रणी भूमिका निर्वाह गर्ने साथै नेपाल राष्ट्र बैंकको निर्देशिका अनुसारको अन्तरआबद्ध  मा पनि ठूलो टेवा पुर्‍याउने उद्देश्यका साथ यो सेवा ल्याइएको’, आइएमई डिजिटल सोलुसन लिमिटेड- ‘आइएमई पे’ का प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्