काठमाडौं । ग्लोबल आइएमई बैंकले महिला ग्राहकहरूलाई निःशुल्क क्रेडिट कार्ड उपलब्ध गराउने गरी साउन स्पेसल अफर सार्वजनिक गरेको छ ।
बैंकले सार्वजनिक गरेको यो योजनाअन्तर्गत महिला ग्राहकहरूले निःशुल्क रूपमा बैंकको क्रेडिट कार्ड प्राप्त गर्न सक्नेछन् । यो योजना साउन १६ गतेदेखि सीमित अवधिका लागि लागू हुनेछ ।
आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता किसिमका समय सान्दर्भिक योजनाहरू ल्याएर ग्राहकहरूलाई लाभान्वित गर्दै आएको छ ।
ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले ३ सय ५७ शाखा कार्यालय, ३ सय ६२ एटिएम, ३ सय २२ शाखारहित बैंकिङ सेवा, ६४ एक्सटेन्सनबाट सेवा प्रदान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्