Shikhar Insurance
National Life

हिमालयन क्यापिटलले किन्याे टिम भेन्चर्सकाे फुडमाण्डुमा भएको आशिंक सेयर

सिंहदरबार संवाददाता
२०८० श्रावण १५, सोमबार १८:१४
Hyundai
NCELL
NIMB

काठमाडौं । टिम भेन्चर्सले हिमालय क्यापिटललाई फुडमाण्डुमा भएको आफ्नो लगानीको आशिंक सेयर बिक्री गरेको छ। यसका लागि टिम भेन्चर्स, फुडमाण्डु र हिमालयन क्यापिटलले संयुक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

ऊर्जा, प्रविधि, घर जग्गा, निर्माण, स्टार्टअप, कृषि पूर्वाधार र विद्युतीय सवारी जस्ता नाफामूलक क्षेत्रहरूमा विविधीकरण गरी लगानी गर्ने टिम भेन्चर्स वैकल्पिक कम्पनी हो।

Citizen Life
Kumar Bank
Prabhu Insurance

फुडमाण्डुमा टिम भेन्चर्सले सन् २०२० मा सिरिज बी अन्तर्गतको संस्थागत लगानी गरेको थियो। टिम भेन्चर्सको यस रणनीतिक लगानीले फुडमाण्डुलाई ग्राहक र रेस्टुरेण्ट सहित व्यवसायको भौगोलिक विस्तारमा सहयोग पुगेको बताइएको छ।  टिम भेन्चर्सले झण्डै दुई वर्षको अवधिमै आफ्नो आशिंक लगानी दुई गुणाको प्रतिफलसहित बिक्री गर्न सफल भएको छ।

हिमालयन क्यापिटल हिमालयन बैंकको पूर्ण स्वामित्वको सहायक कम्पनीको रूपमा स्थापित मर्चेन्ट बैंक हो। हिमालयन क्यापिटलले वित्तीय व्यवस्थापन, सम्पत्ति व्यवस्थापन, लगानी व्यवस्थापन, तथा संस्थागत परामर्श सेवा जस्ता विशिष्टीकृत वित्तीय तथा लगानी सेवाहरू प्रदान गर्दै आएको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्