काठमाडौं । विश्वका विभिन्न मुलुकबाट रेमिट्यान्स् भित्र्याउँदै आएको नेपाल रेमिट इन्टरनेसनल प्रालि र कुवेतको अमान एक्स्चेञ्ज कम्पनीबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ ।
रेमिट्यान्स् भुक्तानीसम्बन्धी सम्झौतापत्रमा नेपाल रेमिटका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सागर खनाल र अमान एक्स्चेञ्ज कम्पनी डब्लूएलएलका तर्फबाट महाप्रबन्धक टाइटस डिडाकोज इनामाकेल ले हस्ताक्षर गरेका हुन् ।
रेमिट्यान्स् भुक्तानीसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षरपछि नेपाल रेमिटका प्रमुख कार्यकारी अधिकृत सागर खनालले भने, ‘कुवेतको प्रमुख रेमिट्यान्स् कम्पनी अमान एक्सेञ्जसँग सहकार्य गर्न पाउँदा हामी निकै खुसी छौं । कुवेतमा रहेका नेपालीहरूले अबदेखि सहजै नेपाल रेमिटमार्फत नेपालमा सहजै रियल टाइममै रकम पठाउन सक्नुहुनेछ ।’
नेपाल रेमिटले हरेक समय विश्वका अग्रणी रेमिट कम्पनीहरुसँग र नेपालका बैंक तथा वित्तीय संस्थासँग सहकार्य गर्दै नेपालमा रेमिट्यान्समार्फत देशको अर्थतन्त्र सुदृढीकरणमा थप टेवा पुग्ने नेपाल रेमिट इन्टरनेशनल प्रालिका नायव महाप्रबन्धक देवबहादुर थापाले जानकारी दिए ।
अमान एक्सचेन्ज कम्पनी कुवेतको एक अग्रणी एक्सचेन्ज कम्पनी हो । १६ सेप्टेम्बर १९७९ मा स्थापना भएको यस कम्पनीले कुवेतभर फैलिएका शाखाहरूका साथै प्राविधिक रूपमा उन्नत प्लेटफर्महरू मार्फत मुद्रा स्थानान्तरण र मुद्रा विनिमय सेवा प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्