Skip to content
Shikhar Insurance
National Life

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ अर्ब ४ करोडको ऋणपत्र ल्याउने, ऋणपत्रको अवधि १० वर्ष

Hyundai
NCELL
NIMB

काठमाडौं। नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ अर्ब ४ करोड रकम बराबरको ४० लाख ४० हजार कित्ता ऋणपत्र निष्कासन  गर्ने भएको छ। उक्त बैंकले वार्षिक १० प्रतिशत ब्याजदर भएको ‘एनआईएमबी डिभेन्चर २०९०’ ल्याउन लागेको हो।

उक्त बैंकले  सर्वसाधारणहरुका लागि १६ लाख १६ हजार कित्ता ऋणपत्र बिक्री गर्ने छ। बैंकले बाँकी रहेको २४ लाख २४ हजार कित्ता ऋणपत्र  विभिन्न व्यक्ति तथा संस्थालाई बिक्री गर्ने भएकाे छ।

बैंकले नेपाल धितोपत्र बोर्डमा असार १९ गते  निवेदन दिइसकेकाे छ । ऋणपत्रको परिपक्‍व अवधि १० वर्षको छ । बैंकको ऋणपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेकाे छ।

GBIME

प्रतिक्रिया दिनुहोस्