Shikhar Insurance
National Life

नेप्से परिसूचकमा सामान्य अंकको सुधार, १ अर्ब ८५ करोड काराेबार

सिंहदरबार संवाददाता
२०८० श्रावण १५, सोमबार १५:४३
Hyundai
NCELL
NIMB

काठमाडाैं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज सामान्य अंकको सुधार देखिएको छ । नेप्से परिसूचक आज पाँच दशमलव ८४ अंकले बढेर दुई हजार एक सय छ दशमलव १८ अंक कायम भएको छ ।

आज विभिन्न कम्पनीका दुई सय ६२ कम्पनीको ५५ लाख ३१ हजार सात सय ३७ कित्ता सेयर ४० हजार तीन सय तीन पटक खरिदबिक्री हुँदा  १ अर्ब ८५ करोड ८० लाख दुइ हजार एक सय ७५ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

जलविद्युत् समूह आठ दशमलव ५७, लघुवित्त समूह चार दशमलव १०, र म्युचुअल फन्डका उपसूचक घटेका छन् भने अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै व्यापार समूह ५६ दशमलव ०१ र उत्पादन तथा प्रशोधन समूह २५ दशमलव ७६ अंकले बढेका छन् ।

बैंकिङ समूह नौ दशमलव ६८, विकास बैंक १८ दशमलव १२, वित्त २३ दशमलव २०, होटल तथा पर्यटन तीन दशमलव ७६ र लगानी समूह शून्य दशमलव १० अंकले बढेको छ । त्यस्तै, जीवन बीमा समूह दूइ दशमलव ४८, निर्जीवन बीमा समूह चार दशमलव ६१ र अन्य समूह शून्य दशमलव ८ अंकले बढेको छ ।

आजको कारोबार पछि सनराइज ब्लुचिप फन्डको शेयर मूल्य सबैभन्दा धेरै सात दशमलव १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने विइन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य चार दशमलव ३१ प्रतिशतले घटेको छ ।

आज शिवम् सिमेन्ट लिमिटेडको सबैभन्दा धेरै ८ करोड ८ लाख ८६ हजार छ सय पाँच रूपैयाँ बराबरको कारोबार भएको छ । कारोबार भएका सेयर संख्याका आधारमा भने सबैभन्दा धेरै लक्ष्मी उन्नति कोषको एक लाख ९० हजार पाँच सय २५ कित्ता सेयर किनबेच भएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्