Shikhar Insurance
National Life

मधेस प्रदेश सरकारका दुईमन्त्रीद्वारा राजीनामा

सिंहदरबार संवाददाता
२०८० श्रावण १५, सोमबार १३:२९
Hyundai
NCELL
NIMB

धनुषा । मधेस प्रदेश सरकारका दुई मन्त्रीले पदबाट राजीनामा दिएका छन्। प्रदेश सरकारका विनाविभागीय मन्त्री वसन्त कुशवाहा र विना विभागीय राज्यमन्त्री सञ्जयकुमार यादवले आज मुख्यमन्त्री सरोजकुमार यादव समक्ष राजीनामा बुझाएका हुन्। उनीहरु दुवै जना जनमत पार्टीका तर्फबाट सरकारमा सहभागी थिए।

जनमत पार्टीका नेता विपी साहका अनुसार दुवै मन्त्रीले पार्टीको निर्देशनअनुसार राजीनामा बुझाएका हुन्। यसअघि मन्त्री कुशवाहाले सम्हालेको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी गत जेठ ९ गते मुख्यमन्त्री सरोजकुमार यादवले नेकपा (एकीकृत समाजवादी)का गोविन्द न्यौपानेलाई दिएका थिए। त्यसयता कुशवाहा विना विभागीय मन्त्रीको हैसियतमा थिए।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नेता साहका अनुसार उनीहरुको स्थानमा नयाँ दुई जनालाई मन्त्री सरकारमा पठाउने विष्तयमा छलफल भइरहेको छ । “कुशवाहको ठाउँमा जनमत पार्टीका प्रमुख सचेतक चन्दन सिंह र यादवको स्थानमा सांसद रञ्जु खंगलाई सरकारमा पठाउने विषयमा छलफल भइरहेको छ”, साहले भने।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्