Shikhar Insurance
National Life

साउनको महिना आइएमई पेमा नारीहरूलाई लक्षित गर्दै आयो ‘प्रिटी उत्सव’

सिंहदरबार संवाददाता
२०८० श्रावण १५, सोमबार १२:१३
Hyundai
NCELL
NIMB

काठमाडौं । आइएमई पेले साउन महिनामा नारीहरूलाई लक्षित गर्दै “ प्रिटी  उत्सव” नामक अफर सार्वजनिक गरेको छ । सो अफर यही साउन महिनाको दोस्रो सोमबार अर्थात् साउन ८ देखि ३२ गतेसम्म चल्ने छ।

यस अफरमा जित्नु हुने प्रत्येक विजेतालाई प्रिटी क्लिकको  ५ हजार रूपैयाँको भौचर प्रदान गरिने छ। सो अफरमा भाग लिन सेवाग्राहीले अफर अन्तराल भरी कम्तीमा एक पटक आइएमई पेमार्फत क्यु आर स्क्यान गरी भुक्तानी गर्नुपर्ने छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

अफर अन्तराल भरी प्रत्येक ५ दिनपश्चात् गोला प्रथामार्फत २ जना विजेता छनौट गरिने छ । विजेताहरूको नाम सामाजिक सञ्जालमार्फत घोषित गरिने छ । सेवाग्राहीले जुनसुकै क्यु आरमार्फत भुक्तानी गर्न सक्ने छन् । विजेताहरूले प्रिटी क्लिकमा गएर सो भाउचरको प्रयोग गर्न सक्ने छन् । यो अफर आइएमई पेको महिला सेवाग्राहीहरूका लागी मात्र मान्य रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्