Shikhar Insurance
National Life

सुनकाे मूल्य ३ सयले घट्याे, कतिमा हुँदैछ किनबेच?

सिंहदरबार संवाददाता
२०८० श्रावण १५, सोमबार १२:०३
Hyundai
NCELL
NIMB

काठमाडाैं। सोमबार नेपाली बजारमा सुनकाे मूल्य तीन सय रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार रुपैयाँ ६ सय र तेजाबी सुन प्रतितोला १ लाख १२ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आइतबार छापावाल सुन प्रतितोला १ लाख १२ हजार ९ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १२ हजार ३ सय ५० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि ५ रुपैयाँले घटेको छ। आइतबार प्रतितोला १ हजार ४ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला १ हजार ४ सय ५० रुपैयाँमा किनबेच भइरहेको छ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय ५५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्