Shikhar Insurance
National Life

चौतारा–काठमाडौं अब विद्युतीय गाडी सञ्चालन

सिंहदरबार संवाददाता
२०८० श्रावण १५, सोमबार ११:३७
Hyundai
NCELL
NIMB

चौतारा । सिन्धुपाल्चोकको चौताराबाट काठमाडौंसम्म विद्युतीय गाडी सञ्चालन हुन थालेको छ । सिन्धुचौतारा यातायातले सानो सिरुवारी र स्याउलेबाट विद्युतीय गाडी सञ्चालन गरेको हो ।

चौताराका युवा व्यवसायी हिरोमणि श्रेष्ठ र निमेष श्रेष्ठले विद्युतीय गाडी सञ्चालन गरेका हुन्। पहिलो चरणमा १०÷१० सिट यात्रु क्षमता भएको चार बसबाट सेवा प्रदान गरिएको व्यवसायी निमेष श्रेष्ठले जानकारी दिए।

Citizen Life
Kumar Bank
Prabhu Insurance

श्रेष्ठका अनुसार हाललाई चौतारा–काठमाडौंमा सञ्चालन भइरहेको अन्य माइक्रोबस सरह भाडादरमा यातायात सञ्चालन गर्ने र पूर्ण रुपमा सञ्चालनमा आएपछि भाडादर परिमार्जन गरिनेछ । यात्रुले पानी, वाइफाइ तथा क्युआर पेमेन्टको सुविधा पाउने उनले बताए ।

विद्युतीय गाडीमा आवाज र गन्ध नआउने भएकाले यात्रुले डिजेल गाडीको जस्तो घ्यारघ्यार र गन्धखप्नु नपरेको यात्रु कृष्णप्रसाद धितालले बताए।

GBIME

प्रतिक्रिया दिनुहोस्