Shikhar Insurance
National Life

हंसराज हुलासचन्दका कर्मचारीले तलबको केही अंश एनआईबीएलमार्फत लगानी गर्न पाउने

सिंहदरबार संवाददाता
२०८० श्रावण १४, आईतवार १८:०६
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (साविकको नेपाल इन्भेष्टमेन्ट बैंक) द्वारा प्रवर्द्धित एनआईबीएल म्युचुअल फण्डअन्तर्गतका योजनाहरुको योजना व्यवस्थापक तथा डिपोजटरी रहेको एनआईएमबी एस क्यापिटल लिमिटेड (साविकको एनआईबीएल एस क्यापिटल लिमिटेड) र गोल्छा ग्रुपअन्तर्गत सञ्चालित कम्पनीहरु हिम इलेक्ट्रोनिक्स् प्रालि र हंसराज हुलासचन्द एन्ड को प्रालिबीच एनआईबीएल म्युचुअल फण्डअन्तर्गत सञ्चालित एनआईबीएल सहभागिता फण्डमा लगानी गर्ने उद्देश्यका साथ एक सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

यस सम्झौताअन्तर्गत हिम इलेक्ट्रोनिक्स् प्रालि तथा हंसराज हुलासचन्द एन्ड को प्रालिका कर्मचारीहरुले आफ्नो इच्छा अनुरुप मासिक रुपमा आफ्नो तलबको केही अंश निरन्तर एनआईबीएल सहभागिता फण्डको व्यवस्थित लगानी योजनामार्फत लगानी गर्न सक्नेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उक्त सम्झौतामा हंसराज हुलासचन्द एन्ड को प्रालिका तर्फबाट कम्पनीका सहायक महाप्रबन्धक  एचआर नीता राणा, तथा हिम इलेक्ट्रोनिक्स् प्रालिका तर्फबाट उपप्रबन्धक नीलम केसी र एनआईबीएल एस क्यापिटल लिमिटेडको तर्फबाट कम्पनीका नायव महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका छन् ।

उक्त हस्ताक्षर समारोहमा एनर्आइबिएल एस क्यापिटल लिमिटेडका तर्फबाट म्युचुअल फण्ड प्रमुख पोस्कर बस्नेत, हंसराज हुलासचन्द एन्ड को प्रालिका तर्फबाट सहायक महाप्रबन्धक अकाउन्ट एण्ड फाइनान्स सन्तोषप्रसाद घिमिर तथा हिम इलेक्ट्रोनिक्स् प्रालिका तर्फबाट वित्त नियन्त्रक अकाउन्ट एण्ड फाइनान्स योगेशचन्द्र पन्तको पनि उपस्थिति रहेको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्