Skip to content
Shikhar Insurance
National Life

डिसहोमकाे फाइबरनेट बिहीबारदेखि कञ्चनपुरमा औपचारिक सुरुवात

Hyundai
NCELL
NIMB

कञ्चनपुर । डिसमिडिया नेटवर्क लिमिटेड (डिसहोम) ले कञ्चनपुरको महेन्द्रनगरमा डिसहोम फाइबरनेटको औपचारिक सुरुवात गरेको छ।

साउन १२ गते डिसहोमका तर्फबाट विशेष उपसभापति रमेश सापकोटा, प्रमुख राजस्व संकलन उज्जल न्यौपाने, क्षेत्रीय बिक्री प्रबन्धक बिपेन्द्र न्यौपाने, सिनियर सेल्स अफिसर कमल रिमाल र डिलरको तर्फबाट बब्लु भट्टको उपस्थितिमा सोरुम उद्घाटन गरिएको हो। सो सोरुमको सञ्चालन रोयल मल्टी प्रपोजले गर्नेछ ।

विगत लामो समयदेखि डिसमिडिया नेटवर्कसँग सहकार्य गरि डिसहोमको डिटिएच सेवा ग्राहकहरुमाझ पुर्याउँदै आएको रोयल मल्टी प्रपोजले अब डिसहोम फाइवरनेट बिक्री र बिक्रीपछिको सेवा नयाँ सोरुममार्फत दिने कम्पनीले जनाएको छ ।

८ सय ५० भन्दा धेरै ग्राहकलाई डिसहोम फाइवरनेटको सेवा उपलब्ध गराइसकेको रोयल मल्टी प्रपोजले अब अझ बढी ग्राहकहरूको माझ पुग्नका लागि पनि यस नयाँ सोरुमले मद्दत गर्ने रोयल मल्टी प्रपोजका सञ्चालक दिनेश चन्दले जानकारी दिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्