काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले चालु आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बोर्डले आज आइतबार( साउन १४ गते) आफ्नो वेबसाइटमार्फत नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।
बोर्डले नीति तथा कार्यक्रमलाई विकासात्मक र नियमित गरी दुई भागममा विभाजन गरेको छ । यस वर्षको विकासात्मक कार्यक्रममा नीतिगत तथा कानुनी व्यवस्था तथा सुधार र सूचना प्रणालीको विकास र प्रयाेग, अध्ययन तथा अनुसन्धानमार्फत बोर्डको बजार नियमन तथा सुपरिवेक्षण क्षमता अभिवृद्धि एवं सुदृढीकरण, बजारको पारदर्शिता र सुशासन कायम गर्ने कुरामा जोड दिएको छ ।
साथै, बोर्डले नियमित गर्ने कार्यक्रमहरुलाई समेत थप प्रभावकारी र व्यवस्थित बनाउन विशेष ध्यान दिएको छ । बोर्डले प्रस्तुत कार्यक्रकको प्रभावकारी कार्यान्वयन गरी धितोपत्र बजार तथा वस्तु विनिमय बजारको विकास, विस्तार तथा सुधार गर्नेतर्फ सशक्त भूमिका खेल्न प्रतिबद्ध रहेकाे छ ।
बोर्डले यसपटक औपचारिक कार्यक्रम नगरी नीति कार्यक्रम सार्वजनिक गरेको हो । बोर्डले शुक्रबार गर्ने भनिएको नीति तथा कार्यक्रम आज सार्वजनिक गरेको हो ।
प्रतिक्रिया दिनुहोस्