Shikhar Insurance
National Life

घटेको बजारमा शिवम् सिमेन्टमा झुम्मिए लगानीकर्ता, १४ करोडमाथि काराेबार

सिंहदरबार संवाददाता
२०८० श्रावण १४, आईतवार १५:३४
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको पहिलो कारोबारको दिन सेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । आइतबार दोहोरो अंकले घटेको सेयर बजारमा शिवम् सिमेन्ट कम्पनीको सेयरमा लगानीकर्ताहरु झुम्मिएका छन् । यसदिन सो कम्पनीको १४ करोड ७८ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो ।

त्यस्तै, सोल्टी होटलको ११ करोड ९९ लाख, एभरेष्ट बैंकको १० करोड २० लाख, हिमालयन डिस्टिलरीको ६ करोड ५ लाख र सूर्यज्योति लाइफ इन्स्योरेन्सको ५ करोड ९५ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आइतबार २६.१४ अंक घटेर २,१००.३४ को विन्दुमा झरेको छ । त्यसैगरी, ठूला कम्पनीको सेयर मापक सेन्सेटिभ इण्डेक्स पनि ४.१७ अंक घटेर ३९९.६६ को विन्दुमा झरेको हो ।

दिनभरीमा २६६ कम्पनीको ६८ लाख ६० हजार ४२ कित्ता सेयर २ अर्ब ५० करोड २८ लाख रुपैयाँमा खरिदबिक्री भएको छ । कारोबारमा आएको १८ कम्पनीको सेयर मुल्य बढेको छ । १८९ कम्पनीको सेयर मूल्य घटेको छ भने, १० कम्पनकिो सेयर मूल्य स्थिर छ ।

नेप्सेका अनुसार पिपुल्स पावर कम्पनीको सेयर मूल्य सर्वाधिक ३.५६ प्रतिशतले बढेको छ । सुपर माई हाइड्रोपावर कम्पनीको सेयर ३.०६ प्रतिशतले बढेको छ । भने, कारोबारमा आएको मनकामना स्मार्ट लघुवित्तको सेयर मुल्य सबेभन्दा बढी ६.७ड प्रतिशतले घटेको छ ।

यसदिन म्युचुअल फण्ड उपसमूहको परिसूचक ०.०४ अंकले बढेको छ भने, बाँकी १२ उपसमूहको परिसूचक घटेको छ । सबैभन्दा बढी निर्जिवन बीमा इन्सयोरेन्स समूहको परिसूचक २१०.३७ अ.कले घटेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्