Skip to content
Shikhar Insurance
National Life

सीडीएसले यस भिजनसँग मिलेर ‘विद्युतीय केवाइसी प्रणाली’ मार्फत डिम्याट खाता सञ्चालन गर्ने

Hyundai
NCELL
NIMB
काठमाडौं। सीडीएस एन्ड क्लियरिङ लिमिटेड र यस भिजन सेक्युरिटिज् प्रालि (स्टक ब्रोकर नं. ३४) बीच “विद्युतीय केवाइसी प्रणाली” मार्फत डिम्याट खाता सञ्चालन गर्नेसम्बन्धी सम्झौता भएको छ । “विद्युतीय केवाइसी प्रणाली” मार्फत डिम्याट खाता सञ्चालन सेवा उपलव्ध गराउन शुक्रबारका दिन सम्झौता भएको हो । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले निक्षेप सदस्य भिजन सेक्युरिटिज् प्रालिसँग पहिलो सम्झौता गरी यो सेवा लागू गरिएको छ ।
यो सेवा लागू भएपश्चात् ग्राहकहरुले विद्युतीय माध्यमवाट आफ्नो खाता रजिष्ट्रर गर्न सक्नेछन् । ग्राहकको औठा छाप, विद्युतीय हस्ताक्षर तथा फोटो समेत प्रणालीमा अध्यावधिक हुनेछ । यसरी रजिष्ट्रर प्रकृया पूरा गरेपश्चात ग्राहकलाई प्राप्त हुने सेन्ट्रल केवाइसी नम्बर लिएपश्चात सीडीएस एन्ड क्लियरिङ लिबाट यो सुविधा लिएका अन्य निक्षेप सदस्य, ब्रोकर लगायतका संस्थामा खाता खोल्नु परेमा उक्त नम्बरको प्रयोग गरी सजिलै खाता खोल्न सकिने र पुनः अर्काे फारम भर्न पर्ने झन्झटबाट ग्राहकहरु मुक्त हुने हुँदा लगानीकर्ताहरु थप लाभान्वित हुन सक्ने कम्पनीले जनाएको छ।
यसरी खोलिएका खाताहरुको विवरणसमेत अनलाइन लगइनमार्फत ग्राहक आफैंले हेर्न पाउने व्यवस्थासमेत रहेको जानकारी गराउँछौं ।
GBIME

प्रतिक्रिया दिनुहोस्