Skip to content
Shikhar Insurance
National Life

तेह्रथुम पावर कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने, बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट

Hyundai
NCELL
NIMB

काठमाडौं। नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड र तेह्रथुम पावर कम्पनी लिमिटेडबीच कम्पनीको सञ्चालक समितिको निर्णयानुसार आफ्ना सेयरधनीहरुलाई १ः१ को अनुपातमा निकट भविष्यमा जारी गर्न लागिएको हकप्रद निष्कासनका लागि निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ ।

सम्झौतापत्रमा तेह्रथुम पावर कम्पनी लिमिटेडको तर्फबाट प्रबन्ध निर्देशक मोहनकुमार डाँगी र नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीबीच हस्ताक्षर सम्पन्न गरियो ।

तेह्रथुम पावर कम्पनी लिमिटेड कम्पनी ऐन २०६३ अन्तर्गत वि.सं. २०६६ स्थापना भई वि.सं २०७५ असारमा प्राइभेट कम्पनीबाट पब्लिक लिमिटेड कम्पनी भएको हो । ७.५ मेगावाट विद्युत उत्पादन क्षमताको यस कम्पनीको विद्युत खरिदसम्बन्धी सम्झौता २०७३ साल कात्तिक महिनामा नेपाल विद्युत प्राधिकरणसँग भएको थियो ।

उक्त सम्झौतामा नबिल इन्भेष्टमेन्टले तेह्रथुम पावर कम्पनी लिमिटेड सर्वसाधारणमा हकप्रथ सेयर निष्कासनका लागि आवश्यक पूर्वतयारीमा रहेको जनाएको छ । पूर्वतयारी सम्पन्न भएपछि नियामक निकायहरुबाट हकप्रद सेयर निष्कासनका लागि अनुमति माग गरिने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्