Skip to content
Shikhar Insurance
National Life

सानिमा बैंकद्वारा सानिमा ‘पाइभ इन वन’ खाता सेवा सञ्चालनमा

Hyundai
NCELL
NIMB

काठमाडौं। सानिमा बैंकले ग्राहकहरुका लागि सानिमा पाइभ इन वन खाता सेवा सार्वजनिक गरेको छ । सानिमा पाइभ इन वन खाता सेवा, सानिमा थ्री इन वन खाताको परिष्कृत सेवा हो ।

यसअन्तर्गत ग्राहकहरुले बचत खाता, डिम्याट खाता, सेयर ट्रेडिङ खाता, सि आस्बा र मेरो सेयरको सेवाका लागि एकै पटक वा छुट्टाछुट्टै आवेदन दिन सकिने बैंकले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सानिमा बैंकले सानिमा क्यापिटलसँगको सहकार्यमा यो सेवा प्रदान गरेको हो । यस सेवामार्फत नयाँ तथा पुराना ग्राहकहरुले बैंकको वेवसाइटमा उपलब्ध पाइभ इन वन अनलाइन प्लेटफर्म प्रयोग गरी बचत खाता (नयाँ ग्राहकका लागि), डिम्याट खाता, सि आस्बा, मेरो सेयर र दोस्रो बजारबाट सेयर खरिद तथा बिक्री गर्ने सेयर ट्रेडिङ खाता सहजै खोल्न सकिनेछ ।

सानिमा बैंकले ग्राहकहरूलाई सहज र सरल रुपमा डिजिटल सेयर ट्रेडिङ प्लेटफर्म उपलब्ध गराउने उद्देश्यले यो पहल गरेको हो । सानिमा बैंककोे सातै प्रदेशमा १ सय ३२ वटा कार्यालयहरु र १ सय २२ वटा एटिएम सञ्जाल छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्