Skip to content
Shikhar Insurance
National Life

शुक्रबार सुन प्रतितोला ९ सयले घट्याे, कतिमा हुँदैछ किनबेच?

Hyundai
NCELL
NIMB

काठमाडाैं। शुक्रबार नेपाली बजारमा सुनकाे मूल्य प्रतितोला ९ सय रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार ६ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १२ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार छापावाल सुन प्रतितोला १ लाख १३ हजार ५ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १२ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, शुक्रबार चाँदीको मूल्य ४० रुपैयाँले घटेको छ। बिहीबार प्रतितोला १४ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार प्रतितोला १४ सय ५० रुपैयाँमा किनबेच भइरहेको छ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय ५३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्