Shikhar Insurance
National Life

व्यावसायिक सहकार्य र एकताबाट मात्र निजी क्षेत्र बलियो हुन्छः अध्यक्ष ढकाल

सिंहदरबार संवाददाता
२०८० श्रावण ११, बिहीबार १७:४९
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सदस्यहरूको बलियो सञ्जाल र एकताबाटै महासंघ बलियो हुने बताएका छन् । महासंघको वस्तुगत परिषद्ले आयोजना गरेको एक कार्यक्रमलाई सम्बाेधन गर्दै अध्यक्ष ढकालले कतिपय अवस्थामा एक्लो प्रयासमात्र पर्याप्त नहुने हुँदा व्यावसायिक सहकार्य र एकताबाट मात्र सफलता मिल्ने धारणा राखेका हुन् ।

वस्तुगत संघका नवनिर्वाचित पदाधिकारीहरूको सम्मानमा महासंघले राखेको कार्यक्रममा नवनिर्वाचित टिमलाई बधाई सहित कार्यकालको सफलताको शुभकामना दिँदै अध्यक्ष ढकालले व्यावसायिक गतिविधि बढाउन सदस्य वस्तुगत संघहरूले निर्वाह गरेको नेतृत्वदायी भूमिकाको प्रशंसा गरे ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

‘हाम्रा सदस्य वस्तुगत संघहरू महासंघका बलिया खम्बा हुन् । आफैं सक्षम पनि छन् । तपाईंहरू आफ्ना मुद्दाहरूलाई आफैं पनि अगाडि बढाउन सक्नुहुन्छ, तर कतिपय अवस्थामा एक्लो प्रयासले मात्र पनि सफलता नमिल्न सक्छ’, अध्यक्ष ढकालले भने, ‘तपाईंहरूका इस्यूका साथमा महासंघ पनि सँगै गयो भने हाम्रो एकता अझ बढी मजुबुद हुन्छ, हामीले हाम्रा समस्या समाधानमा सफलता पाउन सक्छौं ।’ सदस्यहरूको समस्या समाधानमा महासंघले सदैव साथमा रहेर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सो कार्यक्रमलाई सम्बाेधन गर्दैै महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले नेपालको प्रमुख समस्या भनेको सही तथ्यांकको अभाव रहेकाले यसका लागि महासंघले काम गर्ने बताए । वरिष्ठ उपाध्यक्ष श्रेष्ठले तथ्यांक उपलव्ध गराउने कार्यमा निजी क्षेत्रले पनि खुला भएर सहयोग गर्नुपर्नेमा जोड दिए ।

सदस्यहरुसँग नियमित रूपमा बसेर उनीहरुका इस्यूहरुमाथि छलफल गर्न र समस्या समाधानमा पहल गर्न महासंघका पदाधिकारीहरु हरेक दिन ३ बजेपछि महासंघमा जम्मा भएर काम गरीरहेको बताउँदै कुनै समस्या भयो, कुनै इस्यूहरु छन् भने महासंघमा आएर छलफल गर्न पनि उनले आग्रह गरे । सदस्यका समस्या समाधानमा महासंघको वर्तमान टिम पूर्ण रुपमा प्रतिवद्ध रहेको पनि उनको भनाइ छ ।

वस्तुगत परिषद्का सभापति एवं उपाध्यक्ष हेमराज ढकाललेवस्तुगत परिषद्ले नयाँ सोच र फरक ढंगले काम गर्न लागेको उहांले जानकारी गराए । महासंघका सवै सदस्य संघहरुसँग नजिकमा रहेर उनीहरुको कुरा सुन्ने, इस्यूहरुमा छलफल गर्ने र आएको निचोडहरुलाई कार्यान्वयनका लागि सरकारमा पैरवी गर्ने रणनीतिअनुसार काम भैरहेको उनले बताए ।

परिषद्का सभापति ढकालले भने, निर्यात, पर्यटन, कृषि, उर्जा लगायतका क्षेत्रलाई प्रवर्द्धन गर्न हाम्रो जोड रहने छ । कृषि उद्यम केन्द्रलाई डाटा बैंकको रुपमा विकास गर्ने काममा हामी आजैबाट लाग्छौं ।

उपाध्यक्ष ज्योत्सना श्रेष्ठले कार्यक्रममा आएका सुझाव अनुसार सहयोग गर्न महासंघ तयार रहेको विश्वास दिलाइन् । उनले भनिन्, ‘हरेक क्षेत्रमा समस्या छ, कच्चा पदार्थमा सहजता छैन, दिइएका छुट सुविधा हटाइएको छ, सहज होला भन्यो समस्या जहाँको तही छ । सवै उद्यमी व्यवसायीहरुले समस्या भोग्नु परेको छ । यहाँबाट जानकारीमा आएको इस्युहरुलाई सम्बन्धित निकायबाट सम्बाेधन गराउन महासंघले सहयोग गर्छ । बजेट पनि हामीले सोचेअनुसार आएन । मौद्रिक नीति पनि त्यस्तै रहयो ।’ आएका सुझावहरुलाई संवोधन गर्ने क्रममा सदस्य संघहरुसंगै रहेर लाग्ने प्रतिबद्धता समेत जनाइन् ।

सो अवसरमा नेपाल जग्गा विकास संघका अध्यक्ष विदुर धमलाले घर जग्गा व्यवसायमा आएको संकटलाई नयाँ मौद्रिक नीतिले संवोधन गर्न नसकेको बताए । नेपाल शैक्षिक परामर्श संघका अध्यक्ष शेषराज भट्टराईले शिक्षा मन्त्रालयले मन्त्रिपरिषदमा पठाएको मस्यौदा शैक्षिक ऐनको दफा ६५ को ५ र ६ खारेज गरिनुपर्नेमा जोड दिए । शैक्षिक सेवामा धरौटी राख्नु पर्ने प्रावधानले यस पेशामा लागेका व्यवसायीलाई कस्ने काम गरेको बताए ।

नेपाल मैदा उद्योग संघका अध्यक्ष कुमुदकुमार दुगडले सवैभन्दा ठूला समस्या सही तथ्यांकको अभाव रहेको बताए । नेपालमा उत्पादन हुने धान, गहुँलगायतका उत्पादनका सही तथ्यांक नै सरकारबाट नपाएको गुनासो गर्दै सही तथ्यांकको जोहो गर्ने संयन्त्र विकासमा महासंघले अग्रसरता लिनुपर्ने सुझाव राखे ।

नेपाल गलैंचा उत्पादक तथा निर्यातक संघका अध्यक्ष ई. तेन्जिङ शेर्पाले विपन्न वर्ग र भिन्न रूपले सक्षम नागरिकले समेत काम पाएका गलैचा उद्योगले २०५४ सालदेखि पाउँदै आएको भ्याट छुट सुविधा यस वर्षको बजेटमा हटाइदा योक्षेत्र अव थप जोखिममा पर्ने र उत्पादन लागत समेत बढ्ने बताए। उनले सरकारको यो निर्णयका कारण करिब ३० देखि ३५ प्रतिशतले कार्पेटको निर्यात घट्ने दाबी पनि गरे । उनले सन् २०२६ मा ग्रेजुएशन नहुँदै नेपालले गर्नुपर्ने तयारीमा अहिलेदेखिनै काम गर्नुपर्ने सुझाव राखे।

नेपाल कफी व्यवसायी महासंघका अध्यक्ष ओमनाथ अधिकारीले कफी उत्पादनमा अव ठूला लगानीकर्ता भित्रयाउन आवश्यक भैसकेको बताए। अहिले पनि पर्याप्त सम्भाव्यता हुँदाहुँदै पनि देशको मागलाई पूरा गर्न नसकिएकाले कृषकहरुले ससानो क्षेत्रमा गरेको उत्पादन पर्याप्त नभएको बताए ।

नेपाल रत्न तथा आभूषण संघका अध्यक्ष सुमन मान ताम्राकारले रत्न आभुषणको व्यवसायमा लागेका व्यवसायीका लागि सुन प्रमुख कच्चा पदार्थ भएकाले सुनको कोटा प्रणाली खारेज गरि सर्वसुलभ तरिकाले आपूर्ति हुनुपर्ने सुझाव राखे । अन्ततोगत्व उपभोक्तालाई मार पर्ने २ प्रतिशत विलासिता शुल्क पनि खारेज हुनुपर्ने धारणा उनको थियो।

नेपाल शैक्षिक सामग्री उत्पादक संघका अध्यक्ष निमनाथ फुयांलले नेपाली कागज उद्योगका उत्पादनको गुणस्तरमा जोड दिए । नेपाल वनस्पती घ्यू तथा तेल उत्पादक संघका अध्यक्ष विकास दुगडलेनिर्यात र राजस्वमा समेत ठूलो योगदान दिएका घ्यू तथा तेल उद्योगहरुका वारेमा गरिएका हल्का टिप्पणीका कारण करोडौं, अर्वौंको लगानीमा सञ्चालन भएका उद्योगहरूलाई चित्त दुखाउने काम भएको दुःखेसो गरे ।

GBIME

प्रतिक्रिया दिनुहोस्