Skip to content
Shikhar Insurance
National Life

काठमाडौं उपत्यकाभित्र पाँच किलोमिटरसम्मको भाडा १८ रुपैयाँ

Hyundai
NCELL
NIMB

काठमाडौं । आज बिहीबार बागमती प्रदेश सरकारले  सार्वजनिक सवारीसाधनको नयाँ भाडादर तोकेको छ। प्रदेशको श्रम,रोजगार तथा यातायात मन्त्रालयले मन्त्रीस्तरीय निर्णयअनुसार भाडा घटाएको जानकारी दिएको हो।

अब काठमाडौँ उपत्यकाभित्रका नयाँ भाडादरअनुसार सार्वजनिक सवारीसाधनको भाडा एक रुपैयाँले घटेको छ। काठमाडौँ उपत्यकाभित्र सार्वजनिक बसमा शून्यदेखि पाँच किलोमिटरसम्म यात्रा गर्दा अब १८ रुपैयाँ भाडा लाग्नेछ । पहिले पाँच किलोमिटरसम्मको भाडा १९ रुपैयाँ रहेको थियो।

उपत्यकाभित्र १० किलोमिटर यात्रा गर्दा अब २४ रुपैयाँ भाडा लाग्ने छ। पहिलो १० किलोमिटरसम्मको भाडा २५ रुपैयाँ रहेको थियो । १५ किलोमिटरसम्म यात्रा गर्दा पहिला ३० रुपैयाँ रहेकोमा अहिले २९ रुपैयाँ तोकिएको छ। यस्तै, २० किलोमिटरसम्मको भाडा पहिला ३३ रुपैयाँ रहेकोमा अहिले ३२ रुपैयाँ तय गरिएको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्