काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले एक क्वीन्टल सुन तस्करी प्रकरणमा छानविनका लागि सहयोग गर्न आफु तयार रहेको बताएका छन् । काँग्रेस केन्द्रिय समितिको बैठकपछि आयोजीत पत्रकार सम्मेलनमा काँग्रेस प्रवक्ता समेत रहेका अर्थमन्त्री डा. महतले सुन तस्करी प्रकरणको छानविनमा सघाउन आफु तयार रहेको बताएका हुन् ।
उनले आफू सदैव भ्रष्टाचार र अनियमितताका सम्बन्धमा शून्य सहनशीलताका पक्षमा रहेको दावी समेत गरे । प्रतिनिधिसभाको बुधबारको बैठकमा कांग्रेसका सांसद डा सुनिल शर्माले सुन तस्करी प्रकरणका सम्बन्धमा जिम्मेवारी लिँदै गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा दिनुपर्ने माग गरेका थिए ।
सांसद शर्माले आफ्नो अस्पताललाई स्वास्थ्य बीमा सुविधा पाउनका लागि दबाव दिएको तर आफुले नदिएपछि जथाभावी बोलेको मन्त्री डा. महतले आरोप पनि लगाएका थिए ।
प्रतिक्रिया दिनुहोस्