काठमाडौं। उद्योग वाणिज्य महासंघको व्यापार समितिको सल्लाहकारमा नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्य नियुक्त भएका छन्।
उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले यही साउन ८ गते साेमबार अध्यक्ष शाक्यलाई महासंघ व्यापार समितिको सल्लाहकारमा नियुक्त गरेका हुन्।
उद्योग वाणिज्य महासंघका कार्यकारिणी समितिका सदस्य डा. सुवोधकुमार गुप्ताको सभापतित्वमा उक्त समिति गठन भएको छ।
प्रतिक्रिया दिनुहोस्