Shikhar Insurance
National Life

अब एभरेष्ट बैंकले जीडब्लूएमका गाडी किन्दा ८० प्रतिशतसम्म ऋण दिने

सिंहदरबार संवाददाता
२०८० श्रावण १०, बुधबार १७:००
Hyundai
NCELL
NIMB

काठमाडौँ । एभरेष्ट बैंक र भीजी इम्पेक्सबीच फाइनान्सिङ सम्झौता भएको छ । भीजी इम्पेक्स प्रालि नेपालमा जीडब्लुएम सवारीसाधनहरुको एकमात्र आधिकारिक आयातकर्ता र वितरकले एभरेष्ट बैंकसँग आईसीई सवारीसाधनहरु हाभल जोलायन, हाभल एच ६, पावर र विङ्गल र इलेक्ट्रिक गाडी ओरा ३ लगायतका विभिन्न प्रकारका सवारी साधनहरूमा ग्राहकहरुका लागि फाइनान्सिङ सुविधा पहुँच योग्य बनाउनका लागि सम्झौता गरेको हो ।

उक्त सम्झौतामा आज भीजी इम्पेक्स, जीडब्लूएम नेपालका भाइस–प्रेसिडेन्ट रुपेश शर्मा भट्ट र र एभरेष्ट बैंक लिमिटेडका उपमहाप्रबन्धक गौरव कुमारले हस्ताक्षर गरेका हुन् । जीडब्लूएमका सवारी साधनलाई ग्राहकहरुका लागि फाइनान्सिङ सुविधा पहुँच योग्य बनाउने दिशामा महत्वपूर्ण कदमको रुपमा हस्ताक्षर गरेका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

जीडब्लूएमका कुनै पनि सवारीसाधन खरिद गर्न चाहने ग्राहकहरुलाई सहज रिटेल फाइनान्सिङ अनुभव प्रदान गर्ने उद्देश्यका साथ, यो सहकार्य गरिएको हो । यसले ग्राहकहरुलाई प्रतिस्पर्धी ब्याज दरहरू, डाउन पेमेनट र कर्जा अवधिसहित विभिन्न प्याकेजहरू उपलब्ध गराउने लक्ष्य राखेको छ, जुन ग्राहहरुले आफ्नो आवश्यकताहरुको आधारमा छनौट गर्न सक्छन् ।

एभरेष्ट बैंकले अधिकतम ७ वर्षको अवधिका लागि उत्कृष्ट ब्याजदरसहितको अधिकतम ८० प्रतिशत ऋण उपलब्ध गराउने छ । ३ वर्षसम्मको कर्जा अवधिका लागि, न्यूनतम प्रभावकारी ब्याजदर १० प्रतिशत रहने कम्पनीले जानकारी दिएको छ ।

जीडब्लूएमका इलेक्ट्रिक गाडी इनेक्टिककोे लोन–टु–भ्यालु (लोन–टु–भ्यालुर बैंक फाइनान्स) मा ५० प्रतिशतसम्मको लगानीमा ब्याजदरमा थप ०.५० प्रतिशत छुट उपलब्ध गराइएको छ । सबै गाडीहरुको लागि कर्जा प्रशोधन शुल्क स्वीकृत कर्जाको मात्र ०.५० प्रतिशत निर्धारित गरिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्