Shikhar Insurance
National Life

ट्राफिक प्रहरी व्यवस्थापन कार्यालय पथलैयाले गरे २६ करोड बढी राजस्व संकलन 

सिंहदरबार संवाददाता
२०८० श्रावण १०, बुधबार १७:०२
Hyundai
NCELL
NIMB

सर्लाही । मधेश प्रदेशअन्तर्गत नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी व्यवस्थापन कार्यालय पथलैया आर्थिक वर्ष २०७९/८० मा २६ करोड बढी राजस्व संकलन गरेको छ ।

प्रदेशका ८ जिल्लाका ट्राफिक प्रहरी र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी व्यवस्थापन कार्यालयले आर्थिक वर्ष २०७९/८० मा २६ करोड ८६ लाख ८६ हजार पाँच सय राजस्व संकलन गरेको कार्यालयका प्रमुख एवम् प्रहरी उपरीक्षक सन्तोष कुमार भट्टराईले जानकारी दिए। उनका अनुसार आव २०७८/७९ भन्दा गत वर्ष ४ करोड ४२ लाख ५६ हजार बढी राजस्व संकलन भएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सबैभन्दा बढी जिल्ला ट्राफिक प्रहरी कार्यालय सिराहाले ३ करोड ८० लाख ४३ हजार र सबैभन्दा कम सर्लाहीले २ करोड ४६ लाख ७० हजार पाँच सय राजस्व संकलन गरेको प्रमुख भट्टराईले बताए। उनका अनुसार जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराले ३ करोड दुई लाख २३ हजार पाँच सय र बारास्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी व्यवस्थापन कार्यालयले दुई करोड ७६ लाख ८८ हजार राजस्व संकलन गरेको छ ।

त्यस्तै पर्साले ३ करोड ४२ लाख ६५ हजार, रौतहटले तीन करोड एक लाख चार हजार, महोतरीले ३ करोड २३ लाख ६८ हजार पाँच सय, धनुषाले दुई करोड ५९ लाख ६७ हजार पाँच सय र सप्तरीले दुई करोड ५३ लाख ५६ हजार पाँच सय राजस्व सङ्कलन गरेका ट्राफिक प्रहरी व्यवस्थापन कार्यालयले जनाएको छ ।

प्रदेशका आठ जिल्लामा गत आवमा पाँच हजार नौ सय ८८ सवारी दुर्घटना भएका छन् । सवारी दुर्घटनामा पाँच सय ५६ को मृत्यु भएको छ भने नौ हजार छ सय ७० घाइते भएका कार्यालयले जनाएको छ ।

नेपाल प्रहरी र ट्राफिक प्रहरीले प्रदेशका सबै जिल्लामा विभिन्न समयमा ट्राफिक सचेतनासम्बन्धी कार्यक्रम जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेका थिए । गत आवमा छ हजार दुई सय ७५ जनचेतनामूलक कार्यक्रम सञ्चालन गरी पाँच लाख २३ हजार पाँच सय ९१ सवारी चालक, यात्रु र विद्यार्थीलाई सचेत गराइएको प्रदेशका समुदाय प्रहरी साझेदारी कार्यक्रमका संयोजक प्रहरी सहायक निरीक्षक दीपक बस्नेतले जानकारी दिए।

GBIME

प्रतिक्रिया दिनुहोस्