Skip to content
Shikhar Insurance
National Life

मैवाखोलामा ‘लम्पी स्किन’ विरुद्धको खोप अभियान

Hyundai
NCELL
NIMB

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले लम्पी स्किनको रोकथामका लागि खोप अभियान चलाएको छ । उक्त गाउँपालिकामा तीन हजार एक सय १५ पशु चौपायालाई लम्पी स्किन विरुद्धको खोप लगाइएको छ । लम्पी स्किनका कारण ३३ पशु चौपाया मरेको गाउँपालिकाले जनाएको छ ।

यहाँका चार सय ७३ पशु चौपाया सो रोगबाट सङ्क्रमित छन् भने तीन सय ८७ को उपचार गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीमाया गोम्देनले जानकारी दिए। गाउँपालिकाअन्तर्गत रहेको पशु सेवा शाखाबाट कृषकको घर गोठमै पुगेर खोप तथा उपचार सेवा सञ्चालन गरिएको र आवश्यकताअनुसार खोप र उपचारका कार्यक्रमलाई निरन्तरता दिने गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले बताए।

गाई, भैँसी, याक र चौंरीलाई लम्पी स्किन विरुद्धको खोप लगाइएको हो । पछिल्लो समय लम्पी स्किनका कारण जिल्लाका अधिकांश क्षेत्रका कतिपय पशु चौपाया मरेका छन् भने धेरैजसो सङ्क्रमित छन् । फुङ्लिङ नगरपालिका सहितका स्थानीय तहले लम्पी स्किनविरुद्धका खोप अभियान चलाइरहेका छन् । सङ्क्रमण तीव्र रुपमा फैलिएर गाई, गोरु थला परेपछि किसान मारमा परेका छन् । दूधजन्य वस्तुको उत्पादन र बिक्री नहुँदा साथै धान रोप्नका लागि खेत जोत्न गोरु उपलब्ध नहुँदा किसान समस्यामा परेका हुन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्