Shikhar Insurance
National Life

चितवन प्रहरीद्वारा हराएका ३४६ वटा हराएका मोबाइल फेला पारी फिर्ता

सिंहदरबार संवाददाता
२०८० श्रावण १०, बुधबार १२:२४
Hyundai
NCELL
NIMB

काठमाडाैं। जिल्ला प्रहरी कार्यालय चितवनले गत आर्थिक वर्षमा हराएका ३ सय ४६ थान मोबाइल फेला पारी सम्बन्धित धनीलाई फिर्ता गराएको छ ।

मोबाइल हराएर प्रहरीमा उजुरी परेकाको खोजी गरी फेला पारिएका मोबाइल फिर्ता गरिएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार मोबाइल फेला पारेर नयाँ सिम राखेपछि मोबाइल पत्ता लाग्ने गरेको छ । पत्ता लागेका मोबाइललाई सम्बन्धित धनीलाई बुझाइएको उनले जानकारी दिए।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साउन महिना लागेपछि मात्रै २१ थान मोबाइल फेला पारी सम्बन्धित धनीलाई फिर्ता गरिएको छ । चोरी भएका मोबाइल भने मुद्दा दर्ता गरेर चोरी गर्ने व्यक्तिलाई कारबाही गर्ने गरिएको उनको भनाइ छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्