काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त र किसान लघुवित्त एकआपसमा गाभिने भएका छन् । यी दुई कम्पनीले मंगलबार (साउन ९ गते) मर्जरका लागि समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।
बुटवलमा रजिष्टर्ड कार्यालय रहेको जाल्पाको हाल चुक्ता पुँजी १८ करोड २८ लाख रुपैयाँ रहेको छ । यस्तै, कैलालीको लम्बीचुहामा रजिष्टर्ड कार्यालय रहेको किसान लघुवित्तको चुक्ता पुँजी ४७ करोड १३ लाख ७० हजार रुपैयाँ छ । यी दुई कम्पनीको मर्जरका लागि सेयर स्वाप रेसियो सम्पति तथा दायित्व मूल्यांकन प्रतिवेदनका आधारमा कायम हुनेछ ।
समझदारीपत्रमा हस्ताक्षर भएसँगै दुवै कम्पनीले आफ्ना आधारभूत सेयरधनीहरुको सेयर कारोबार रोक्का गरिदिन नेप्सेलाई पत्र लेखेका छन् ।
प्रतिक्रिया दिनुहोस्