Shikhar Insurance
National Life

बैंकको निक्षेप ५६ खर्बमाथि, लगानी खुम्चिँदा बैंकमा ५ खर्ब बढी तरलता थुप्रियो

सिंहदरबार संवाददाता
२०८० श्रावण ९, मंगलवार १३:३२
Hyundai
NCELL
NIMB

काठमाडौं । केन्द्रीय बैंकको तथ्यांकअनुसार जुलाई २१ सम्ममा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप ५६ खर्ब ३५ अर्ब नाघेको छ ।

लगानी जाेखिम र बैंकको ब्याजदर वृद्धिले गर्दा निक्षेपकर्ताहरु बचतमा केन्द्रित हुँदा बैंकहरूको निक्षेप बढ्न पुगेको हो। यस अवधिमा वाणिज्य बैंकहरूको निक्षेप ४९ खर्ब ६१ अर्ब रुपैयाँ पुगेको छ भने अन्य वित्तीय संस्थाहरूको निक्षेप ६ खर्ब ७४ अर्ब रुपैयाँ हाराहारी रहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यता बैंकहरूको कर्जा लगानी भने अनपेक्षित रूपमा खुम्चिन पुगेको छ । केन्द्रीय बैंकका अनुसार साउन ५ गते शुक्रबारसम्ममा ४८ खर्ब ५६ अर्ब रुपैयाँ मात्र कर्जा लगानी गरेका छन् ।

८३.१० प्रतिशत सीडी रेसियो कायम गरेका बैंकहरुले यस अवधिमा ५ खर्ब बढी तरलता आफैंसँग राखेको देखिन्छ । यसले बैंकमा पैसा थुप्रिने तर लगानी नहुँदा उत्पादन वृद्धि नहुने खतरा देखिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्