Shikhar Insurance
National Life

‘पहिले के हुन्थ्यो थाहा छैन, यसपालि करको लक्ष्य जसरी पनि भेट्टाउनैपर्छ’

सिंहदरबार संवाददाता
२०८० श्रावण ९, मंगलवार ११:४१
Hyundai
NCELL
NIMB

बुटवल । अर्थमन्त्री डा. प्रकाश शरण महतले बुटवल र भैरहवाका राजश्व कार्यालय प्रमुखहरुलाई राज्यले दिएको जिम्मेवारी निष्ठापूर्वक पूरा गर्न निर्देशन दिएका छन् । चालु आर्थिक वर्षमा जसरी पनि राजश्व संकलन लक्ष्य पुर्याउने योजनासहित देश दौडाहामा रहेका अथर्मन्त्री डा. महतले भैरहवा र बुटवल भन्सारका प्रमुखसहितको अधिकारीहरुको गोष्ठीलाई सम्बोधन गर्दै चालु आवमा राजश्वको लक्ष्य पुग्ने गरी काम गर्न निर्देशन दिएका हुन् ।

उनले नियम, कानुन र ऐनले दिएको परिधिभित्र रहेर राजश्व संकलन गर्न र त्यसको फाइदा राज्यलाई पुग्ने गरी जिम्मेवारी पूरा गर्न पनि आग्रह गरे । ‘विविध कारणले गत वर्ष लक्ष्य भेट्न सकिएन । यसपालि पनि त्यस्तै हो भन्न पाइँदैन’, मन्त्री डा. महतले भने, ‘विस्तारै अर्थतन्त्र गतिशील हुँदैछ, सँगैसँगै करको दायरा हामीले फराकिलो बनाएका छौं ।’

Citizen Life
Kumar Bank
Prabhu Insurance

मूल्य अभिवृद्धि कर (भ्याट) विस्तारै हट्दै गएको र त्यसले राजश्व संकलनमा असर पुगेकाले भ्याटलाई पुनः प्रवेश गराएको जानकारी दिँदै मन्त्री डा. महतले भने, ‘नयाँ मूल्य अभिवृद्धि कर कसरी लागू गर्ने भन्ने बारेमा तपाईंहरु पूर्णरुपमा प्रशिक्षित हुनुपर्छ ।’ ट्राभल्समा लाग्ने करको उदाहरण दिँदै मन्त्री डा. महतले भने, ‘ट्राभल्समा लाग्ने कर एयरलाइन्सले नै तिर्ने हो । त्यसको रेकर्ड आन्तरिक राजश्व कार्यालय पनि राख्नुपर्छ ।’

उनले कृषि उत्पादनहरुको आयातमा मात्रै भ्याट लगाएको दाबी पनि पेस गरे । ‘स्याउ, आलु र प्याजमा पनि कर लागेको छ, तर त्यो भन्सारमा मात्र लाग्छ । भ्याट लागेको स्टोरबाट सामान बिक्री हुन्छ भने त्यहाँ उसले भ्याट जोड्नुपर्छ । बाहिरबाट आएको छ भने भन्सार मानै लाग्छ, आन्तरिक उत्पादनमा लाग्दैन ।’

उनले नयाँ-नयाँ क्षेत्रमा कर लगाइएकाले कर प्रशासकहरुले सचेततापूर्वक काम गर्नुपर्नेमा जोड दिए । ‘नयाँ क्षेत्रमा कर प्रस्ताव गरिएको छ, त्यसलाई राम्रोसँग अध्ययन गर्न गर्नुपर्छ । हामीले निर्धारण गरेको लक्ष्य प्राप्त हुनुपर्छ । पहिले के हुन्थ्यो थाहा छैन, अहिले कामकै आधारमा मात्रै मूल्यांकन हुन्छ ।’

GBIME

प्रतिक्रिया दिनुहोस्