Shikhar Insurance
National Life

४० मेगावाट अपर चमेलियाको उद्घाटन

सिंहदरबार संवाददाता
२०८० श्रावण ८, सोमबार १८:०२
Hyundai
NCELL
NIMB

खलङ्गा । दार्चुला र बैतडीको सीमा भएर बग्ने चमेलिया नदीमा ४० मेगावाट क्षमताको अपर चमेलिया जलविद्युत् आयोजनाको आज उद्घाटन गरिएको छ ।

गत शुक्रबार परीक्षण गरिएको अपर चमेलियाको दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशी, जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक तर्कराज पाण्डे र मार्मा गाउँपालिका अध्यक्ष जमनसिंह धामीले संयुक्तरूपमा उद्घाटन गरेका हुन्।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उत्पादित विद्युत्लाई शैल्यशिखर नगरपालिका–१ बलाचस्थित सवस्टेशनमार्फत राष्ट्रिय प्रसारणमा जोडिएको कम्पनीका प्रबन्ध निर्देशक सञ्जीव न्यौपानेले बताए। उनका अनुसार ८ अर्ब ५० करोड लागतमा ३० महिनामा आयोजना सम्पन्न भएको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्