काठमाडौं । कामना सेवा विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आफ्ना विभिन्न कार्यालयहरुमा सेनिटरी प्याड भेन्डिङ मसिन जडान गरेको छ ।
दिगो विकासको लक्ष्यअन्तर्गत बैंकले आफ्नो केन्द्रीय कार्यालयसहित विभिन्न कार्यालयहरुमा सो भेन्डिङ मसिन जडान गरेको हो ।
साे मसिन जडान पश्चात बैंकका महिला कर्मचारीहरु तथा ग्राहकहरुले रजश्वलाको वेला उक्त सुविधा सहजै प्रयोग गर्न सकिने गरि विभिन्न कार्यालयहरुमा जडान गरिएको बैंकले जनाएको छ । बैंकले आफ्ना कार्यालयहरुलाई लैङ्गिकमैत्री बनाउने योजनाअनुरुप महिला कर्मचारीहरु त्था ग्राहकहरुको स्वास्थ्य सहजताको लागि उक्त मसिनहरु जडान गरिएको जनाएको छ ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यसअघि पनि जनस्वास्थ्यको प्रवर्द्धन गर्न देशका विभिन्न स्थानहरुमा निःशुल्क स्वास्थ्य शिविर, रक्तदान कार्यक्रम लगायतका अन्य स्वास्थ्यसम्बन्धी कार्यक्रमहरु संचालन गरेको जनाएको छ।
यससँगै बैंकले आगामी दिनहरुमा समेत सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका सामाजिक कार्यहरुलाई निरन्तरता दिने बताएको छ ।
प्रतिक्रिया दिनुहोस्