Shikhar Insurance
National Life

श्रमिकको साथी श्रमिक नै हुनुपर्छ- महासचिव पदका उम्मेदवार सन्तोष खड्का

सिंहदरबार संवाददाता
२०८० श्रावण ८, सोमबार १५:५३
Hyundai
NCELL
NIMB

काठमाडौं । गैरआवासयि नेपाली संघ रअन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) दक्षिण कोरियाको चुनाव नजिकिँदै छ । निर्वाचनमा उम्मेदवारी दिँदै विभिन्न आकांक्षीहरुले आफूले जित्ने दाबी गर्दै चुनावी प्रतिस्पर्धामा होमिएका छन् । यसैबीच महासचिव पदमा उम्मेदवारी दिएका कोरियामा चिरपरिचित सन्तोष खड्काले मतदाताको आकर्षणको केन्द्र आफू रहेको दाबी गरेका छन् ।

रामेछापमा जन्मिएर कोरियालाई कर्मभूमि बनाइ सक्रिय सामाजिक अभियन्ता एवं सक्रिय सञ्चारकर्मीका रूपमा आफूलाई स्थापित गरेका खड्काले विद्यार्थी र श्रमिकहरुको प्रतिनिधित्व गर्दै एनआरएनए २०२३–०२५ का लागि महासचिव पदमा उम्मेदवारी दिएका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नेपाली समाजमा निकै परिचित उनी हाल नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाका वरिष्ठ उपाध्यक्ष, रामेछाप सम्पर्क समिति दक्षिण कोरिया, नेपाल तराई समाज दक्षिण कोरियालगायत आधादर्जन संघ–संस्थाहरुका सल्लाहाकारसमेत छन् । कामदार दैनिकका सम्पादकसमेत रहेका उनी सेवा प्रवाह, मकै हाउस अनलाइनलगायत आधा दर्जनभन्दा बढी प्रतिष्ठित सञ्चार गृहमा अतिथि सम्पादकको रूपमा समेत कार्यरत छन् ।

‘मोटिभेसन’ वक्ताको रूपमा समेत आफ्नो छुट्टै पहिचान बनाएका खड्काले भारत, थाइल्यान्ड, कम्बोडिया, लाओस, दक्षिण कोरिया, फिलिपिन्सलगायत बिभिन्न देशहरूमा ‘मोटिभेसनल’ वक्ताका रूपमा आफ्नो प्रस्तुति दिइसकेका छन् । कोरियाको प्रतिष्ठित हान्याङ विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय अध्ययनमा स्नातकोत्तर गरेका उनी हाल विद्यावारिधी अध्ययनरत छन् ।

विभिन्न सम्मेलनहरुमा धेरैपटक कोरिया आइसकेका उनी निरन्तर रूपमा भने अध्ययनको सिलसिलामा २०१३ देखि स्थायी रूपमा कोरियामा बसोबास गरिरहेका छन् । आफू विद्यार्थी र श्रमिक दुवै भएकोले विद्यार्थी र श्रमिकहरुको हकहितका लागि आफ्नो मुख्य प्राथामिकता हुने बताउँदै आफ्नो कार्यकालमा नारामा हैन साच्चिकै एनआरुएनए विद्यार्थी र श्रमिकमैत्री हुने बताए ।

सन्तोष खड्काले सार्वजनिक गरेका आफ्ना नीति र चुनावी एजेन्डाहरु यस्ता छन्

–खड्काले श्रमिकको साथी साथै श्रमिक नै हुने र आफू पनि श्रमिक भएकाले आफ्नो उम्मेदवारी रहेको जनाएका छन् । यस्तै उनका अन्य सार्वजनिक नीति तथा एजेन्डाहरुमा महिनाको चारवटै आइतबार र रातो बिदामा पनि नेपाली राजदूतावासको सेवा दिनका लागि आफ्नो पहल रहने उल्लेख गरेका छन् ।

–नेपाली राजदूतावास र एनआरएनए को संयुक्त आयोजनामा भइरहेको पासपोर्ट नवीकरण र अन्य विविध सेवासहितको घुम्ती सेवालाई निरन्तरता दिइ अझ प्रभावकारी र सबैको पहुँचमा पुर्याउने, महँगो भाडा दरको स्थायी समाधानका लागि सम्बन्धित पक्षसँग छलफल गरी राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सलाई कोरियादेखि नेपालसम्म सीधा उडानको लागि सम्बन्धित निकायसँग पहल गर्ने उनको सार्वजनिक एजेन्डा छन् ।

कोरियामा नेपाली भाषा, संस्कृति एवं रितिरिवाजको प्रवद्नका निमित्त कोरियाली विद्यालयहरुमा नेपाली भाषा, संस्कृति एवं रितिरिवाजसम्बन्धी कक्षा सञ्चालनका लागि सम्बन्धित पक्षसँग पहल गराउने कुरालाई उनले आफ्ना एजेन्डाहरुमा समावेश गरेका छन् ।

–यस्तै कोरियामा उच्च शिक्षाका लागि आउने नेपाली विद्यार्थीहरुका समस्या समाधान, भाषागत तथा कानुनी परामर्शसम्बन्धी समस्या समाधानका लागि विगतमा पनि प्रयास रहेको र यदि आफू महासचिव पदमा निर्वाचित भए आफूले गरेका यी सबै बाचा पूरा गर्ने प्रतिबद्धता खड्काले जनाएका छन् ।

–आफ्ना चुनावी निति एवं एजेन्डा सार्वजनिक गर्ने क्रममा खड्काले आफूले कुराभन्दा काम गर्न जानेको हुँदा आफ्नो पक्षमा मत खस्ने विश्वास दिलाएका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्