Shikhar Insurance
National Life

विभिन्न कर्जाको जोखिम भारसम्बन्धी व्यवस्था पुनरावलोकन गरिने

सिंहदरबार संवाददाता
२०८० श्रावण ७, आईतवार १५:२४
Hyundai
NCELL
NIMB

काठमाडाैं। नेपाल राष्ट्र बैंकले सेयर धितो, सवारी साधन र घरजग्गासम्बन्धी कर्जामा रहेको विद्यमान जोखिम भारसम्बन्धी व्यवस्थाप पुनरावलोकन गर्ने बताएको छ ।

केन्द्रीय बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीति पुनरावालोकन गरिने उल्लेख छ । सेयर धितो कर्जामा उपलब्ध हुने रु २५ लाखसम्मको कर्जाको जोखिम भार हाल १०० प्रतिशत छ । यस्तै, सोभन्दा माथिको कर्जाको जोखिम भार एक सय ५० प्रतिशतसम्म राख्नुपर्ने व्यवस्था छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उक्त व्यवस्थामा केही परिमार्जन हुने केन्द्रीय बैंकको पछिल्लो नीतिले संकेत गरेको छ । यससम्बन्धी थप व्यवस्था भने छिट्टै सार्वजनिक हुने निर्देशनमा समेटिनेछ ।

यसअघि सेयर धितो कर्जाको अधिकतम सीमा १२ करोड रूपैयाँ बराबर कायम गरिएको थियो । आज सार्वजनिक नीतिले त्यसमा पुनरावलोकन गर्ने संकेत भने गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्