काठमाडौं । खल्तीको वार्षिक अफर, ‘द बिगेस्ट पेमेन्ट जात्रा’ मा ८ लाख ६८ हजारभन्दा बढी प्रयोगकर्ताको सहभागिताका साथ असार ३१ गते आइतबार सफलतापूर्वक सम्पन्न भएको छ।
यस करोडौंको अफरमा प्रमुख उपहारहरूमा ५ वटा पल्सर एन१६०, २ वटा आइफोन १४, वानप्लस ११, डाइमण्ड रिंग तथा अन्य उपहारहरु समावेश थियो। यसबाहेक प्रयोगकर्ताहरूले प्रत्येक भुक्तानी पछि स्क्र्याच कार्डहरू प्राप्त गरेका थिए र प्रत्येक दिन भर्चुअल खुत्रुके जसबाट स्मार्टवाचहरू, इयरबडहरू, चलचित्र टिकटहरू र करोडौं मूल्यका कुपनहरू वितरण गरिएको थियो।
पाँचवटा पल्सर बाइकका विजेताहरू यस अफर अवधिभरि फेसबुक लाइभमार्फत घोषणा भइसकेको छ । यसका विजेताहरू बिटु साह कल्वार (राउण्ड १), प्रदीप धिताल (राउण्ड २), लक्ष्मण डेली स्टोर (राउण्ड ३), नरेन्द्र महर्जन (राउण्ड ४) र निहाल आयुरवेदिक फार्मा (बोनस राउण्ड) रहेका छन्। अन्तिम लाइभमा २ वटा पल्सर १६०– राउन्ड ४ र बोनस राउन्डका विजेताहरूको साथै अरू बम्पर उपहारका भाग्यशाली विजेता घोषणा भएका थिए ।
यसैबीच यो २ महिनाको अवधिमा अन्य उपहार र कुपनहरू, जस्तैः स्क्र्याच कार्डमार्फत २ करोड ९० लाख रूपैयाँभन्दा बढी र खुत्रुकेमार्फत ५ करोड ३० हजार रूपैयाँभन्दा बढीको उपहार खल्ती प्रयोगकर्ताले पाएका छन् ।
प्रतिक्रिया दिनुहोस्