Shikhar Insurance
National Life

अन्य भन्सारमा राजस्व संकलनमा गिरावट आइरहदा दार्चुला भन्सारमा लक्ष्यभन्दा दोब्बर असुली कसरि ?

सिंहदरबार संवाददाता
२०८० श्रावण ४, बिहीबार १८:४९
Hyundai
NCELL
NIMB

खलङ्गा । पछिल्लो समय कतिपय भन्सार कार्यालयहरुमा राजस्व संकलनमा गिरावट आइरहेको छ । अन्य भन्सार कार्यालयमा लक्ष्यभन्दा कम राजस्व संकलन हुँदा दार्चुला भन्सार कार्यालयले आर्थिक वर्ष २०७९/८० मा लक्ष्यभन्दा दोब्बर राजस्व असुली गरेको छ । कार्यालयले आव २०७९/८० मा १९ लाख ६८ हजार लक्ष्य राखेकामा त्यसको दोब्बर बढी राजस्व असुली गरेको हो ।

गत आवमा ४० लाख ८१ हजार चार सय दुई अर्थात् एक सय ७.३८८ प्रतिशत राजस्व संकलन भएको दार्चुला भन्सार कार्यालय दार्चुलाका कार्यालय प्रमुख शिवचन्द्र प्रसादले जानकारी दिए।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले प्रत्येक वर्ष विभिन्न कारण राजस्वमा ह्रास आउने गथ्र्यो भन्दै गत आवमा भने लक्ष्यभन्दा दोब्बर राजस्व संकलन गर्न सफल भएको बताए। गत आवको फागुन महिनामा सबैभन्दा बढी र कात्तिक महिनामा सबैभन्दा कम राजस्व उठेको छ ।

दार्चुलामा मूल भन्सार कार्यालय स्थापना भएदेखि राजस्वमा वृद्धि भएको यो पहिलोपटक हो । पछिल्लो समय नागरिक करको दायरामा आउँदा राजस्वमा वृद्धि भइरहेको कार्यालय प्रमुख प्रसादले बताए। यस्तै कार्यालयले चालु आवमा ५० लाख ६९ हजार राजस्व संकलन गर्ने लक्ष्य राखेको उनले जानकारी दिए।

GBIME

प्रतिक्रिया दिनुहोस्