Shikhar Insurance
National Life

४० वर्षदेखि वस्तु विनिमयको परम्परा धान्दै इन्द्रावतीका भाँडा व्यवसायी

सिंहदरबार संवाददाता
२०८० श्रावण ४, बिहीबार १४:०२
Hyundai
NCELL
NIMB

गलेश्वर । गत सोमबार बिहानै डोकोभरी अनेक भाँडावर्तन बोकेर तीन व्यापारी म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँट गाउँ आए । सिन्धुपाल्चोकको इन्द्रवती गाउँपालिका–८ घर बताउने तीन व्यापारीमध्ये सबै भन्दाअघि थिए फूलबहादुर तामाङ । त्यसपछि धादिङ इन्द्रवतीकै केशवकुमार आचार्य र महेन्द्र गुरुङ । उनीहरुले भाँडाको भारी बोकेर गाउँगाउँमा डुल्न थालेको ४० वर्षभन्दा बढी भएको बताए।

“चौध वर्षको उमेरदेखि भाँडाको भारी बोकेर गाउँ–गाउँमा डुल्न थालेको हुँ, यही पेसाबाट मेरो जिन्दगी चलेको छ, पुख्र्यौली पेसा पनि धानिएको छ” फूलबहादुरले भने। पर्वतको अर्मादीमा उनीसहित १२ जनाको समूहले भाँडा स्टोर गरेर राखेका छन् । “हाम्रो १२ जनाको समूह छ,अर्मादीमा भाँडा स्टोर छ,त्यहीबाट भाँडा विक्री र सटही गर्न म्याग्दी,पर्वत र बागलुङका विभिन्न गाउँमा जाने गर्छौ र पुराना भाँडालाई त्यही लगेर जम्मा गर्ने गर्छौंँ” फूलबहादुरले भने। गाउँमा ३ छोरा र श्रीमती भएका उनलाई आफ्ना पुर्खाहरुले कहिलेदेखि घुमन्ते व्यापार गर्न थालेका हुन् भन्ने हेक्का छैन तर पनि बाबुबाजेको पालादेखि नै यही पेसा गर्ने गरेकाले आफू पनि यही पेसामा लागेको फूलबहादुरले बताए।

Citizen Life
Kumar Bank
Prabhu Insurance

पहिलो पटक १४ वर्षको उमेरमा बाबासँग भाँडा बोकेर व्यापारमा निस्कनु भएका उनी अहिलेसम्म पनि सोही पेसामै छन् ।
डोकोमा ल्याइएको नयाँ भाडा सहित गाउँमा लगेर केही बेच्ने र कोही साट्ने सिन्धुपाल्चोकका व्यापारीको पेसा पुस्तैनीको हो । उनीहरुले आफ्नो नयाँ सामान र ग्राहकसँगको पुरानो सामानको पनि मूल्यनिर्धारण गर्ने र बराबर मूल्य परेमा पुरानो लिएर नयाँ सामान दिने गर्दछन् भने यदी नयाँको मूल्य कम भए आफूहरुले दिने र पुरानोको मूल्य कम भए ग्राहकसँग थप रकम लिएर साट्ने गर्दै आएका छन्

व्यापारी गुरुङका अनुसार व्यापार पहिलाको जस्तो छैन, अहिले सामान्य छ । वर्षमा एक पटक पर्वत बागलुङ म्याग्दी क्षेत्रमा व्यापारका लागि आउने गरेका उनीहरूले मासिक सबै खर्च कटाएर २० हजारदेखि २५ हजारसम्म जोगाउने गरेको बताउँछन् । “यही व्यापार सिकियो र यसैमा रमाएका छौँ, हुँदै भएन भने पनि महिनामा २० हजार रुपियाँसम्म जोगाउने गरेका छौँ” गुरुङले भने ।

आधुनिक प्रविधिको विकास भएसँगै मानिस छिटो र भरपर्दो साधनको प्रयोगमा लाग्न थालेका छन् । आफ्ना आवश्यक्ता परिपूर्ति गर्न आधुनिक स्रोत र साधनको प्रयोग बढेको छ । सडक यातायातको विकासले गाउँघरमै सुविधा पाएपछि ग्रामीण क्षेत्रका बासिन्दा आफै बजार झरेर नयाँ भाँडा किन्ने गर्छन् ।

केही वर्ष अघिसम्म पुराना भाँडा सबैका घर–घरमा देखिन्थे । भाँडा साटफेर गर्नेहरु गाउँ–गाउँमा भाँडा साट्दै हिँड्ने गर्दथे । हिजोआज गाउँघरतिर डोकोमा भाँडा बोकेर हिँडेको बिरलै भेटिन्छ । “धेरै पढाइलेखाइ छैन त्यसैले दुःख भए पनि पुर्खाले गरेको पेसा अङ्गाल्दै आइरहेका छौंँ,”अर्का व्यापारी केशवकुमारले भने।

अहिले यातायातको सुविधा छ, तर भाडा खर्चमा लाग्ने रकम जोगाउन सकिन्छ की भनेर डोकोमा बोकेर जिल्लाका सबै ठाउँमा बिक्री र साटफेर गर्दै हिँड्छौँ,” उनले भने। केही वर्ष अघिसम्म नयाँसँग पुराना भाँडा साट्नका लागि गाउँ–गाउँमा डोकोभरी भाँडा बोकेर हिँडेको पाइन्थ्यो । पूर्वका पश्चिम क्षेत्र र पश्चिमका पूर्वी क्षेत्रतिर भाँडा बोकेर साटफेर गर्न हिँड्ने गर्दथे । तामा, स्टिल र पित्तलका भाँडा बनाउने र बेच्ने व्यावसायी नै भरिया बनेर गाउँघरमा हिँड्ने गर्दथे तर हिजोआज यस्ता व्यापारी कतै भेटिदैनन् । ठाउँ–ठाउँमा भारी बिसाउँदै थकाइ मार्दै वारी गाउँ र पारी गाउँ गर्दै डोकोभरीका नयाँ भाँडा बेचेर पुराना भाँडाले डोको भरेर घर फर्कन्थे ।

प्रायजसो भाँडा साटफेर गर्नेहरु जुम्लातिरबाट आउने गरेको बेनी नगरपालिका–२ बगरफाँटका बद्ध बेदप्रसाद उपाध्यायले बताए। गाउँघरमा बुढापाका भाँडा साट्न आउँछन् भनेर पुराना र टुटेका भाँडा सुरक्षित साथ राखिरहन्थे । त्यसबेला आफूलाई भाँडा साट्ने खोज्नपर्ने चिन्ता नभएको उनको भनाइ थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्