काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँ बढेकाे छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १३ हजार ६ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १३ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार छापावाल सुन प्रतितोला १ लाख १३ हजार १ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १२ हजार ५ सय ५० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, बिहीबार चाँदीको मूल्यले पनि ५ रुपैयाँ बढेकाे छ। यस दिन चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय ९५ रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।
यसअघि बुधबार चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय ९० रुपैयाँ पुगेर नयाँ रेकर्ड बनेको थियो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ हजार ८४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
प्रतिक्रिया दिनुहोस्