Shikhar Insurance
National Life

देशका विभिन्न ठाउँमा प्रभु महालक्ष्मी लाइफको अभिकर्ता मिलन समारोह

सिंहदरबार संवाददाता
२०८० श्रावण ४, बिहीबार १०:४९
Hyundai
NCELL
NIMB

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले साउन २ गते देशका विभिन्न ठाउँमा अभिकर्ता मिलन समारोह सम्पन्न गरेको छ । एकीकृत कारोबारपछि साबिक प्रभु लाइफ र महालक्ष्मी लाइफका अभिकर्ताहरुलाई एकीकृत गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो ।

साउन २ गते झापाको बिर्तामोड, पर्साको वीरगन्ज, दाङको घोराही र कैलालीको धनगढीमा कार्यक्रम आयोजना भएको थियो । कार्यक्रममा दुवै कम्पनीका व्यवसाय दिएका सक्रिय अभिकर्ताहरुलाई सहभागी गराइएको थियो । चारै ठाउँमा भएको कार्यक्रममा सय–सय जनाभन्दा बढी अभिकर्ताको उपस्थिति रहेको जनाइएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कार्यक्रममा मर्जरपछिको बिमा कारोबारको अवस्था, प्रचलनमा ल्याउने पोलिसीहरु, एजेन्सी सिस्टम र एजेन्सी स्किम बारेमा अभिकर्ताहरुलाई प्रशिक्षण दिइएको थियो । बिर्तामोडमा सोनबहादुर मगर र प्रभाकर न्यौपाने, वीरगन्जमा प्रयास श्रेष्ठ र सीताराम धिमाल, घोराहीमा प्रशान्तराज धमला र योगेन्द्रप्रसाद खतिवडा तथा धनगढीमा किशोरप्रसाद लामिछाने र रामेश्वर श्रेष्ठले प्रशिक्षण दिएका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्