Shikhar Insurance
National Life

सुन बरामद प्रकरणः एजेन्टसहित ६ जना पक्राउ

सिंहदरबार संवाददाता
२०८० श्रावण ४, बिहीबार १०:२८
Hyundai
NCELL
NIMB

काठमाडाैं। राजस्व अनुसन्धान विभागले झण्डै १ सय किलो सुन बरामद प्रकरणमा हालसम्म ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक जना एजेन्टसमेत छन् ।

विभागका महानिर्देशक नवराज ढुंगानाका अनुसार उक्त प्रकरणमा मुछिएका र पोलिएका व्यक्तिको खोजी जारी छ । पक्राउ परेकाको पहिचान खुलाइएको छैन । बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा गरेको खोजतलासका क्रममा विमानस्थलको भन्सार पास भएर ट्याक्सीमा लैजान लागिएको उक्त सुन विभागको टोलीले बरामद गरेको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

विभागले विमानस्थल भन्सार कार्यालयको गेट अगाडि सुन बरामद गरी तत्काल दुई जना पक्राउ गरेको थियो । त्यसपछि आज बिहानसम्म थप चार जना पक्राउ गरिएको ढुंगानाले बताए। सुन हङकङबाट ल्याइएको खुलेको उनले बताए। नेपालमा एकैपटक यति धेरै सुन बरामद भएको यो पहिलो घटना हो । “तथ्य खुल्न बाँकी छ । फरार व्यक्तिको खोजी भइरहेको छ”, उनले भने।

GBIME

प्रतिक्रिया दिनुहोस्