Shikhar Insurance
National Life

नबिल एसएसईअन्तर्गत फेलोसिप कार्यक्रमको आवेदन खुला, १८ वर्षमाथिकाले आवेदन दिन पाउने

सिंहदरबार संवाददाता
२०८० श्रावण ४, बिहीबार १०:१४
Hyundai
NCELL
NIMB

काठमाडौं ।­ ‘नबिल सामाजिक उद्यमशीलता’ नबिल एसएसईअन्तर्गत फेलोसिप कार्यक्रमको दोस्रो ब्याचको सफलतापूर्वक सञ्चालनसँगै नबिल बैंकले तेस्रो ब्याचका लागि आवेदन खुला गरेको छ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत स्कुल अफ म्यानेजमेन्ट त्रिभुवन विश्वविद्यालयसँगको सहकार्यमा सञ्चालित यस कार्यक्रमले समाजमा सकारात्मक परिवर्तन ल्याई दिगो विकासको लक्ष्य हासिल गर्न मद्दत गर्ने बैंकको विश्वास छ ।

कार्यक्रममा कृषि, पर्यटन, ऊर्जा, वातावरण संरक्षण, सूचना प्रविधिलगायत जुनसुकै क्षेत्रमा नवीनतम सोच भएका १८ वर्षदेखि माथिका नेपाली नागरिकहरुले आवेदन दिन सक्ने जनाइएको छ। नबिल एसएसईको फेसबुक पेजमा रहेको लिंकमा गई गुगल फारमबाट आवेदन दिन सकिने बैंकले बताएको छ । यस्तै नबिल बैंकको वेभसाइडमा गई नबिल एसएसईको पेजबाट पनि फारम भर्न सकिन्छ । आवेदनको अन्तिम दिन बैंकले भदौ ३ गते तोकेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सामाजिक उद्यमशीलतालाई प्रवर्द्धन गर्ने लक्ष्य बोकेको यस कार्यक्रम ६ महिनासम्म चल्नेछ । साथै हरेक महिना तीन दिन आवासीय छलफल र बाँकी दिन आफ्नै कार्यस्थलमा प्रयोगात्मक अभ्यास गर्ने ढाँचामा तयार पारिएको छ । तालिम अवधि भर तथा बाँकी ६ महिना गरी एक वर्षका लागि सबै सहभागीहरुलाई मेन्टरको व्यवस्था गरेर व्यवसाय गर्दा आइपर्ने व्यवहारिक कठिनाइको समाधानका लागि नबिलले सहयोग गर्नेछ ।

आर्थिक र सामाजिक रुपान्तरणलाई बढवा दिनका लागि सुरु गरिएको यस फेलोसिप कार्यक्रमबाट ३६ जनाले उद्यमशीलताको तालिम प्राप्त गरी सकेका छन् । विभिन्न पृष्ठभूमिबाट आएका सहभागीहरूले सामाजिक उद्यम सञ्चालनका निम्ति आवश्यक कानूनी तथा करसम्बन्धीका ज्ञान, व्यवसायको ब्राण्डिङ, बजारीकरण आदि जस्ता विभिन्न विषयमा तालिम प्राप्त गरेका थिए । विभिन्न अन्तर्क्रिया कार्यक्रम तथा प्रक्रियाहरूद्वारा सहभागीहरुलाई प्राविधिक तथा व्यवहारिक ज्ञान उपलब्ध गराइएको थियो ।

नबिल बैंक नेपालको एक अग्रणी बैंक हो जसको कुल निक्षेप ३७८ अर्ब रूपैयाँ तथा कुल कर्जा ३४० अर्ब रूपैयाँ रहेको छ । नबिलले २० लाखभन्दा बढी सेवाग्राहीहरूलाई सेवा प्रदान गर्दै आएको छ । त्यस्तै गरी देशभरिको शाखा विस्तार भई २ सय ६५ शाखा र २ सय ९८ एटिएम मेसिनहरूबाट सेवा प्रदान गर्दै आएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्