काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल बाट एक क्विन्टल बढी सुन बरामद भएको छ ।
राजस्व अनुसन्धान बिभागले बिमानस्थल भन्सार बाहिरबाट सो मात्रामा तस्करीको सुन बरामद गरेको हो ।
हङकङबाट जहाजमा ल्याईएको सो सुन भन्सार पास भैसकेको थियो ।
माेटरसाईकलको ब्रेक शो भनी भन्सार चेकजाँच पास भएको समान सुन रहेको तथ्य खुलेपछि भन्सारका कर्मचारी प्रारम्भिक अनुसन्धान मै तानिएका छन् ।
२०७४ भदौमा ठमेलबाट चिनियाँ नागरिकले ल्याएको ८८ किलो सुन समातिएपछी यो नै तस्करीको ठुलो मात्रामा फेला परेको सुन हो ।
प्रतिक्रिया दिनुहोस्