Shikhar Insurance
National Life

सूर्योदय बोमी लघुवित्तद्वारा कुमारी क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त

सिंहदरबार संवाददाता
२०८० श्रावण ३, बुधबार १८:०३
Hyundai
NCELL
NIMB

काठमाडाैं । सूर्योदय बोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले कुमारी क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेकाे छ । सूर्योदय बोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रतिकित्ता १०० रुपैयाँको दरमा ४६,७२९.५४५ कित्ता सेयर अर्थात् ४६ लाख ७२ हजार ९ सय ५४ रुपैयाँ ५० पैसा बराबरको थप सर्वसाधारणहरुमा निष्कासन गर्नका लागि कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

उक्त सम्झौतापत्रमा सूर्योदय बोमी लघुवित्त वित्तीय संस्था लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मोक्षप्रसाद पंगेनी तथा कुमारी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सूर्योदय बोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको अधिकृत पुँजी १ अर्ब रुपैयाँ , जारी पुँजी ९१ करोड ५४ लाख ५५ हजार ४ सय ६३ रुपैयाँ र चुक्ता पुँजी ९१ करोड ७ लाख ८२ हजार ५ सय ८ रुपैयाँ ५० पेस रहेको छ । उक्त वित्तीय संस्थामा १ लाख ७१ हजारभन्दा बढी सदस्यलाई सेवा दिँदै आइरहेको छ र १ सय ९२ वटा शाखा कार्यलयहरुबाट सेवा प्रदान गरिरहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्